कांग्रेस गठबन्धनको पक्षमा छैन: शेखर कोइराला

जनकपुरधाम, ३१ असार । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसका अधिकांश नेता तथा कार्यकर्ता गठबन्धनको पक्षमा नरहेको उल्लेख गर्नुभएको छ ।

जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा नेता कोइरालाले स्थानीय तह र प्रतिनिधि सभाको निर्वाचन फरक रहेकोले दूरगामी सोचका साथ गठबन्धन गर्नुपर्ने बताउनुभयो । अधिकांश कांग्रेसी गठबन्धनको पक्षमा नरहेको दाबी गर्दै उहाँले अगामी निर्वाचनमा हतारमा दलीय गठबन्धन नगर्न नेतृत्वलाई आग्रह गर्नुभयो । गठबन्धनका न्यूनतम मापदण्ड पूरा गरेर कांग्रेसले अगाडि बढ्नुपर्ने धारणा राख्दै उहाँले अर्थमन्त्री जनार्दन शर्माको राजीनामाले मुलुकको राजनीतिमा गडबडी ल्याएको बताउनुभयो । यस्तो संवेदनशील घटनामा अर्थमन्त्रीको राजीनामा मात्रै पर्याप्त हुन नसक्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मधेसका जिल्लाका सभापतिहरू समेत गठबन्धनको पक्षमा छैनन् । तर गठबन्धन नै गर्नुपर्ने अवस्था आए भने न्यूनतम सिट दिएर मात्रै गठबन्धन गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शान्ति निर्विकल्प बाटो

 २९ वैशाख २०८२ ।  विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध

यसरी आश्रित परिवारको सहारा बनेको छ सामाजिक सुरक्षाकोष

बैशाख २३ गते २०८२ काठमाण्डौ । अनुमान पनि गर्न नसकिने यो कहालिलाग्दो अवस्थाको अनुमान गरौं

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

कुलमानको बदमासी छताछुल्ल हुनेगरी विद्युत प्राधिकरणले जारी गर्यो श्वेतपत्र (सूचीसहित)

  २१ वैशाख २०८२, काठमाडौं। नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

समावेशी विकासका आयाम

विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक