संघीय सरकारले राष्ट्रिय शोक घोषणा गरेको दिन प्रदेशसभा बैठक राखेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमालेका सांसदहरुले मधेश प्रदेशको बैठक बहिष्कार गरेका छन् ।

शनिबारको बैठक प्रारम्भ भएलगत्तै लोसपा र एमालेका सांसदहरुले नेपाल सरकारले शोक मनाउने निर्णय गरिसकेको अवस्थामा पनि बैठक बोलाएको बताउँदै उनीहरुले बैठक बहिष्कार गरिएको घोषणा गरेका हुन् ।
बैठक सुरु भएलगत्तै लोसपा सांसद परमेश्वर साह र उपेन्द्र महतो, नेकपा एमालेका सांसल किशोरी साह ‘कमल’ ले शोक घोषणा गरेका दिन बैठक बोलाएकोबारे सभामुखको ध्यानाकर्षण गराएका थिए ।
सभामुख सरोज कुमार यादवले बैठकलाई निरन्तरता दिएपछि यी सांसदले बैठक बहिष्कार भएको घोषणा गर्दै बैठकबाट बाहिरिएका छन् ।
बैठक बहिष्कार गरिएपछि सभामुख यादवले आजै १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका छन् ।
जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्या भएपछि नेपाल सरकारले शनिबार शोक मनाउने निर्णय गरेको छ ।
काठमाडौँ, वैशाख १७ । सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न
क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व
काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित
काठमाडौँ, र्वैशाख ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न