July 1, 2022

शिवसेनाका नेता एकनाथ शिन्दे : अटो रिक्सा चालकदेखि मुख्यमन्त्रीसम्म

शिवसेनाका वागी नेता एकनाथ शिन्दे भारत महाराष्ट्रको मुख्यमन्त्री बनेका छन् । उनले बिहीबार मुख्यमन्त्री पदको सपथ लिए ।

यसअघि शिवसेनाकै नेता उद्धव ठाकरे मुख्यमन्त्री थिए । शिन्दे ठाकरेविरुद्ध विद्रोह गरेर सत्तामा पुग्न सफल भएका छन् । शिन्देको पक्षमा रहेका बहुमत सदस्यले विशेष अधिवेशन माग गर्दै महाराष्ट्र प्रदेशका राज्यपाल भगतसिंह कोश्यारीसमक्ष निवेदन दिएका थिए । कोश्यारीले बिहीबार विशेष अधिवेशन आह्वान गर्दै ठाकरेलाई बहुमत सिद्ध गर्न भनेका थिए । तर ठाकरेले त्यसअघि नै राजीनामा दिएपछि शिवसेनाकै एकनाथ शिन्दे मुख्यमन्त्री बनेका हुन् ।

शिन्देलाई भाजपाका देवेन्द्र फडणविसले साथ दिएका थिए । ठाकरेको राजीनामापछि फडणविस मुख्यमन्त्री बन्ने चर्चा थियो तर उनी उपमुख्यमन्त्री बनेका छन् । निवर्तमान मुख्यमन्त्री उद्धव ठाकरेले नयाँ मुख्यमन्त्री शिन्देलाई बधाईसमेत दिएका छन् ।

कुनै बेला अटो रिक्सा चलाउँथे शिन्दे

अहिले मुख्यमन्त्री बनेका शिवसेनाका प्रभावशाली नेता एकनाथ शिन्दे पहिले अटो रिक्सा चालक थिए । उनले १८ वर्षको उमेरदेखि आफ्नो राजनीतिक जीवन सुरु गरेका थिए । ठाणे नगर निगममा विपक्षी नेताको रुपमा काम गरेपछि उनी सन् २००४ मा पहिलो पटक विधायक बने ।

त्यसपछि सन् २००९ देखि लगातार कोपरी–पचपाखडी विधानसभा क्षेत्रबाट उनी विधायक चुनिंदै आएका छन् । सन् २०१५ देखि २०१९सम्म उनी प्रदेशको लोक निर्माण मन्त्री बनेका थिए ।

हाल उनी शहरी विकास मन्त्रीका साथै ठाणे जिल्लाको प्रभारी मन्त्री पनि थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न