असार १०, काठमाडौं: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पेट्रोलियम पदार्थमा प्रतिलिटर २६.६२ रुपैयाँ कर छुट गर्न सरकारलाई आग्रह गरेका छन् ।
सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पुर्वाधार कर १०, सडक मर्मत कर ४ र भंसार र प्रज्ञापन शुल्क २५.२३ को आधा १२.६२ गरि जम्मा २६.६२ प्रति लिटर नलिने निर्णय गर्न आग्रह गरेका हुन् ।
उनले सामाजिक संजाल फेसबुकमा जनतालाई महंगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न अन्तर्राष्ट्रिय बजारमा मूल्य नघटदासम्म प्रतिलिटर २६. ६२ रुपैयाँ नलिने निर्णय गर्न सरकारलाई सुझाव दिए ।
उनले लेखेका छन्,’जनतालाई महंगीको चपेटावाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मुल्यमा लाग्ने पुर्वाधार कर रु१०, सडक मर्मत कर रु४ र भंसार र प्रज्ञापन शुल्क रु२५.२३ को आधा रु१२.६२ गरि जम्मा रु २६.६२ प्रति लिटर अन्तराष्ट्रिय बजारमा मुल्य नघटदा सम्म नलिने निर्णय गरोस्।’
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा चौतफी विरोध भइरहेको छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
२९ साउन २०८३, काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा
काठमाडौं, २८ साउन — पत्रकार किशोर श्रेष्ठको बिनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता