गुरुयोजना बनाएर रेलको पूर्वाधार आयोजना अघि बढाउ: संसदीय समिति

काठमाडौँ, १७ जेठ । विकास तथा प्रविधि समितिले गुरुयोजना बनाएर मात्रै रेल पूर्वाधार आयोजना अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । 

आज सिंहदरबारमा बसेको समितिको बैठकले रेल पूर्वाधार आयोजनाको सुरुवात भइसकेको अवस्थामा हालसम्म गुरुयोजना नबनाइ काम अघि बढाइएकोमा ध्यानाकर्षण भएको समेत जनाएको छ ।

राष्ट्रिय महत्वका क्षेत्रमा अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजनाको खाका बनाई प्राथमिकताका आधारमा गुणस्तरीय रूपमा आयोजना अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागलाई निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिए ।

उनले जयनगर जनकपुर कुर्था बर्दिबास हुँदै निगजढसम्मको निर्माणाधीन रेल पूर्वाधारको प्रारम्भिक ट्रयाकमा गुणस्तरको कमी देखिएको भन्दै उपयुक्त समयमा स्थलगत अनुगमन गरिने बताए । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले गुरुयोजना नबनाएर आयोजना सुरु गर्दा समस्या देखिएको बताइन । बर्दिबास हुँदै निगजढसम्मको निर्माणाधीन रेल सरकारको प्राथमिकतामा रहेको र काठमाडौं रक्सौल रेलमार्गमा पनि थप अध्ययन भइरहेको उनले जानकारी दिइन् । उनले काँकडभित्तामा रेलमार्ग निर्माणमा भने केही समस्या देखिनसक्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले