जेठ १३, काठमाडौं: काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले अबको पाँच वर्ष महानगरपालिकाबाहेक अन्यत्र समय नखर्चिने बताएका छन् । काठमाडौंलाई विश्वकै उत्कृष्ट र विकसित सहर बनाउन आफ्नो ज्ञान र सीपको पूर्ण प्रयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
निर्वाचन आयोगले निर्वाचन परिणाम घोषणा गरेपश्चात साहले सञ्चारकमीसँग छोटो प्रतिक्रिया दिएका थिए । आफूलाई नगरबासीले अत्यधिक मतका साथ विजयी गराएकोमा उनले आभार व्यक्त गरे ।
बालेनको भनाइ यस्तो थियो:
हामीलाई एकदमै खुशी लागेको छ । नगरबासीले दिनुभएको यतिधेरै मायाप्रति आभारी छौं । यसलाई आफ्नो ऊर्जाको रुपमा लिएका छौं । हामीलाई विश्वास गर्नुभो र हाम्रो भिजन–एजेन्डा मनपराइदिनुभो । हामीले केही गर्न सक्छौं भनेर सम्पूर्ण नगरबासीले अत्यधिक मत दिएर यो ठाउँमा पुर्याउनुभएको छ । जिम्मेवारी दिनुभएको छ ।
म आफ्नो १०० प्रतिशत दिनेछु । मैले आजसम्म गरेको कामलाई फोकस गरेर काठमाडौं महानगरपालिकामा मात्रै सम्पूर्ण समय दिनेछु । मेरो पूर्णक्षमतामा काम गर्नेछु । काठमाडौंबाहेक अरु कुनै काममा आफ्नो समय खर्चिने छैनँ । आफ्नो सम्पूर्ण क्षमता, ज्ञान र सीप काठमाडौंलाई व्यवस्थित, स्वच्छ, सफा र पूर्ण विकसित विश्वकै सबैभन्दा उत्कृष्ट सहर बनाउन उपयोग गर्नेछु ।
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
काठमाडौँ, वैशाख २९ । सरकारले सबै वर्ग, क्षेत्र र समुदायको अपनत्व सुनिश्चित हुने गरी राजनीतिक
काठमाडौँ, वैशाख २८ । सङ्घीय संसद्को बजेट (बर्खे) अधिवेशन आजदेखि सुरु हुँदै छ । सरकारको
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ
काठमाडौं, १८ वैशाख । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का
वैशाख १८, काठमाडौँ। सर्वोच्च अदालत ले ट्राफिक नियम उल्लंघनका नाममा सवारी चालकको लाइसेन्स, ब्लुबुक वा