जेठ १३, काठमाडौं: काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले अबको पाँच वर्ष महानगरपालिकाबाहेक अन्यत्र समय नखर्चिने बताएका छन् । काठमाडौंलाई विश्वकै उत्कृष्ट र विकसित सहर बनाउन आफ्नो ज्ञान र सीपको पूर्ण प्रयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
निर्वाचन आयोगले निर्वाचन परिणाम घोषणा गरेपश्चात साहले सञ्चारकमीसँग छोटो प्रतिक्रिया दिएका थिए । आफूलाई नगरबासीले अत्यधिक मतका साथ विजयी गराएकोमा उनले आभार व्यक्त गरे ।
बालेनको भनाइ यस्तो थियो:
हामीलाई एकदमै खुशी लागेको छ । नगरबासीले दिनुभएको यतिधेरै मायाप्रति आभारी छौं । यसलाई आफ्नो ऊर्जाको रुपमा लिएका छौं । हामीलाई विश्वास गर्नुभो र हाम्रो भिजन–एजेन्डा मनपराइदिनुभो । हामीले केही गर्न सक्छौं भनेर सम्पूर्ण नगरबासीले अत्यधिक मत दिएर यो ठाउँमा पुर्याउनुभएको छ । जिम्मेवारी दिनुभएको छ ।
म आफ्नो १०० प्रतिशत दिनेछु । मैले आजसम्म गरेको कामलाई फोकस गरेर काठमाडौं महानगरपालिकामा मात्रै सम्पूर्ण समय दिनेछु । मेरो पूर्णक्षमतामा काम गर्नेछु । काठमाडौंबाहेक अरु कुनै काममा आफ्नो समय खर्चिने छैनँ । आफ्नो सम्पूर्ण क्षमता, ज्ञान र सीप काठमाडौंलाई व्यवस्थित, स्वच्छ, सफा र पूर्ण विकसित विश्वकै सबैभन्दा उत्कृष्ट सहर बनाउन उपयोग गर्नेछु ।
२९ वैशाख २०८२ । विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध
बैशाख २३ गते २०८२ काठमाण्डौ । अनुमान पनि गर्न नसकिने यो कहालिलाग्दो अवस्थाको अनुमान गरौं
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन
२१ वैशाख २०८२, काठमाडौं। नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक