नमूना मतपत्रमा बेरेर रकम बाँडेका कांग्रेस उम्मेदारले मागे माफी

वैशाख २५, रुपन्देही : अर्घाखाँचीको मालारानी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले मतदातालाई प्रभावित पार्ने उद्देश्यले पैसा बाँडेको भेटाएपछि स्थानीयले माफी मगाएका छन् ।

मालारानीमा नेपाली कांग्रेसकी नेतृ शान्ता खनालले आफ्ना श्रीमान् दुर्गा खनाललाई चुनाव जिताउन पैसा बाँड्न थालेको अवस्थामा रंगेहात फेला पारेपछि निर्वाचन अधिकृतको रोहवरमा लिखित माफी मगाएका हुन्।

मालारानी–३ को खनदहमा खनाल फेन्सी स्टोरका संचालकसमेत रहेकी शान्ताले वडा अध्यक्षको उम्मेदवार बनेका पति दुर्गाप्रसाद खनाललाई जिताउन स्थानीय छिमेकी प्रयोग गरी पैसा बाँड्न थालेको अवस्थामा भेटिएको स्थानीय सागर खनालले बताए।

स्थानीयका अनुसार शान्ताले विष्णु होटल एण्ड रेष्टुरेन्टका संचालक विष्णु चुँदालीलाई प्रयोग गरी होटलमा खाजा खान जानेहरूलाई रुख चिह्नमा मतदान गर्न आग्रह गर्दै पैसा बाँडेकी थिइन्।

शनिबार विष्णु होटल एण्ड रेष्टुरेन्टमा खाजा खान गएका मालारानी–३ गोयलीका सागर चौहान र सुमन खनाललाई खाजा खाने क्रममा होटल संचालक विष्णु चुँदालीले वडा अध्यक्ष पदमा रुख चिह्नमा छाप लाउन आग्रह गर्दै नमूना मतपत्रमा बेरेर ४ हजार रुपैयाँ दिएको उनीहरुले बताएपछि घटना बाहिर आएको हो ।

उनले मत माग्दै ४ हजार रुपैयाँ दिएपछि चौहान र खनालले प्रहरीमा उजुरी दिएका थिए। पैसा बाँडेको थाहा पाएपछि नेकपा एमालेका कार्यकर्ता आक्रोशित भएका थिए।

स्थितिलाई तनावपूर्ण हुन नदिन निर्वाचन अधिकृतको रोहबरमा छलफल गरी आगामी दिनमा यस्तो गल्ती नगर्ने शर्तमा लिखित माफी मगाइएको अर्घाखांचीबाट पत्रकार शोभाखर पन्थीले बताए।

नेकपा एमालेलेघटनालाई गम्भीर रुपमा लिएको एमाले मालारानी पालिका कमिटीका उपाध्यक्ष विष्णु मिश्रले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा