सुनसरी र मोरङमा आमसभालाई सम्बोधन गर्न ओली विराटनगरमा

 वैशाख २४, विराटनगर: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज विराटनगर आउने भएको छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओली सुनसरी र मोरङका विभिन्न चारवटा चुनावी सभा र भेलालाई सम्बोधन गर्न विराटनगर आउन लागेका हुन् ।

एमालेका केन्द्रीय सदस्य विनोद ढकालका अनुसार विहान १० बजेको उडानबाट विरानटगर आउने अध्यक्ष ओलीले सुनसरीको धरान र इटहरी उपमहानगरपालिकामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सुनसरीबाट विराटनगरमा आउने ओलीले यहाँस्थित जैनभवनमा आयोजना हुने चुनावी भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओली विराटनगरको भेलालाई सम्बोधन गरी मोरङकै सुन्दरहरैचामा हुने कार्यक्रमलाई सम्बोधन गर्न जानेछन् ।

ढकालका अनुसार छुट्टाछुट्टै चार स्थानमा चुनावी सभालाई सम्बोधन गरी आजै साँझ काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

ट्राफिक प्रहरीलाई जरिवानासम्म सीमित अधिकार, लाइसेन्स वा साँचो नियन्त्रण गैरकानुनी: सर्वोच्च

वैशाख १८, काठमाडौँ।  सर्वोच्च अदालत ले ट्राफिक नियम उल्लंघनका नाममा सवारी चालकको लाइसेन्स, ब्लुबुक वा

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब