निर्वाचन आयोगको उम्मेदवार र मतदाताका नाममा सचेत पत्र

     वैशाख ११  काठमाडौं । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्यको निर्वाचनको सबै तयारी निर्वाचन कार्यतालिका बमोजिम व्यवस्थित र प्रभावकारी ढंगले भै रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार, ७५३ वटै स्थानीय तहहरुमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुको कार्यालय स्थापना भई कार्य संचालन भै रहेको र मतदानकेन्द्रमा प्रयोग हुने सामग्रीहरु पठाउने कार्य निरन्तर भै रहेको छ ।

आयोगले मिति २०७८ चैत ४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार, २०७९ साल वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । यी सबै कार्यक्रमहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछन् ।

         आयोगले जानकारी दिए अनुसार, स्थानीय तह निर्वाचन, २०७४ मा काठमाडौं महानगरपालिकामा जम्मा ८६०, बिराटनगर महानगरपालिकामा ७०३ र वीरगंज महानगरपालिकामा ११२५ जनाको मनोनयनपत्र दर्ता गर्नु परेको र अन्य निर्वाचन अधिकृतको कार्यालयमा समेत मनोनयनपत्र दर्ता गर्ने कार्यचाप अत्याधिक रहेकोले उक्त दिन मनोनयनपत्र दर्ता कार्य सम्पन्न नभई भोलिपल्टसम्म गर्नुपरेको साथै उक्त दिन उम्मेदवारको सूची प्रकाशन गर्ने कार्य अवरुद्ध हुन पुगेको अनुभव र राजनीतिक दल तथा सरोकारवालाहरुको सुझाव समेतलाई दृष्टिगत गरी आयोगले यस निर्वाचनमा मनोनयनपत्र दर्ताको समय दुई दिनका लागि तोकेको छ ।

         यस अनुसार वैशाख ११ र १२ गते तोकिएको समय १०.०० बजेदेखि १७.०० बजेभित्र प्रचलित कानून बमोजिम स्थानीय तह सदस्यको निर्वाचनमा उम्मेदवार बन्न योग्यता पुगेको कुनै पनि व्यक्तिले कुनै पनि समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा तोकिए बमोजिमको प्रकृया पूरा गरी उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने भएकोले यसबाट उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया सहज, सरल र शान्तिपूर्ण रुपमा समयमा नै सम्पन्न हुने विश्वास आयोगले लिएको छ ।

         निर्वाचनमा चुन्ने र चुनिन पाउने नागरिक अधिकारलाई उच्च सम्मान गर्दै स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा आ–आप्mनो मनोनयनपत्र दर्ता गर्ने आम नागरिकको नैसर्गिक अधिकार सुनिश्चित गर्न आयोग सँधै प्रतिवद्ध रहेको छ । कानूनले तोकेको योग्यता पूरा गर्ने सबै मतदाताले आपूmले चाहेको पदमा उम्मेदवारी दिनसक्ने वातावरणको सृजना गरिदिन आयोग सबै राजनीतिक दल, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज, आम संचार क्षेत्र लगायत सम्बन्धित सबै सरोकारवालाहरुमा आयोगले अपिल समेत  गरेको छ ।

         नेपालको संविधानले निर्वाचनमा लैङ्गिक तथा समावेशी सिद्धान्तलाई आत्मसाथ गरी निर्वाचनका सबै पदहरुमा समावेशी प्रतिनिधित्व हुनुपर्ने व्यवस्था अनुरुप आयोगले यस अघि नै निर्वाचनमा भाग लिने सबै राजनीतिक दलहरुलाई १७ बुँदै निर्देशन समेत जारी गरिसकेको छ । निर्वाचनमा मुलुकको सामाजिक विविधता प्रतिविम्बित हुनेगरी सहभागिता र प्रतिनिधित्वका लागि वैशाख ११ र १२ गते हुने उम्मेदवारको मनोनयनदर्ता गर्दा नेपालको संविधानको धारा ३८ को उपधारा (४) मा भएको राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने तथा धारा ४२ को  सामाजिक न्यायको हक कार्यान्वयनमा विशेष संवेदनशील हुन आग्रह गर्दै यो निर्वाचन महिला एवम् समावेशी सहभागिता र प्रतिनिधित्वको दृष्टिले उल्लेखनीय हुनेछ भन्ने कुरामा आयोग विश्वस्त रहेको बताएको छ ।

        स्थानीय तहका सदस्यको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने विशेष जिम्मेवारी निर्वाचनमा भाग लिने राजनीतिक दल तथा उम्मेदवारको हुन्छ भन्ने कुरा निर्विवाद छ । आयोगले जारी गरेको निर्वाचन आचार संहिता, २०७८ र ६० बुँदे निर्देशन प्रति पूर्ण प्रतिवद्धता जनाएका राजनीतिक दलका उम्मेदवारले यसको अक्षरशः पालना गर्नेमा आयोग विश्वस्त रहेको बताएको छ ।

 

राजनीतिक दल तथा उम्मेदवारले निर्वाचनका बेला गर्न पाउने र नपाउने कार्यहरु स्पष्टरुपमा उल्लेख गरिएका छन् । अतः आचार संहिता विपरीत हुनेगरी कुनै स्थानमा कुनै दलको झण्डा वा चिन्ह राखिएको भए सम्बन्धित दलले तत्काल हटाउन, राजनीतिक दल वा उम्मेदवारबाट हुने कुनै पनि आमसभा, जुलुस, ¥याली भेला, वैठक, घरदैलो, उम्मेदवारी दर्ता कार्यक्रम आदिमा र निर्वाचन अधिकृतको अनुमतिमा उम्मेदवारले प्रयोग गर्ने सवारी साधनमा ३/३ फिट साइजको दलको एउटा झण्डा र एउटा चुनाव चिन्ह तथा उम्मेदवारको पहिचान खुलेको एफोर साइजको एक रङ्गमा छापिएको विवरण बाहेक अन्य कुनै सामग्री प्रयोग नगर्न नगराउन स्मरण गराउँदै उम्मेदवारी दर्ता भएपछि यस्ता चिन्ह भेटिएमा उम्मेदवारले राखेको ठानी आचार संहिताको उल्लंघन भएको कसुरमा दलको उम्मेदवारलाई कारवाही हुने भएकोले सचेत रहन आयोग सम्बन्धित सबैलाई ध्यानाकर्षण गराएको छ ।

साथै जुलुश, आमसभा, ¥याली, वैठक आदिमा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले आचार संहिताले तोकेको भन्दा विपरीत हुनेगरी सम्बन्धित दलको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाएमा वा झोला बोकेमा सम्बन्धित व्यक्ति नै कारवाहीको भागीदार हुने भएको हुँदा यस्तो कार्यबाट सजग रहन आयोग सबै मतदाताहरुमा अनुरोध गरेको छ ।

      वैशाख ११ र १२ गते उम्मेदवारहरुले आ–आप्mनो उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता गर्न जाँदा निर्वाचन आचार संहिताले तोके बमोजिमको आचरण पालना गरिदिन आयोगले सबैमा हार्दिक अपिल समेत गरेको छ । यदि आचार संहिता विपरीत कार्यहरु भए गरेको पाइएमा आयोगले कानून बमोजिम कारवाही हुने र यसबाट उम्मेदवारको उम्मेदवारी प्रक्रियामा नै गम्भीर असर पर्न सक्ने हुँदा समयमा नै सचेत रहन उम्मेदवार हुन चाहने सबै मतदाताहरुमा आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले २०७९ वैशाख १० गते जारी प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका