
धादिङ । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधी तथा गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ राधे समुहले धादिङको निलकण्ठ नगरपालिका पुछार बजारमा एक युवालाई निर्घात कुटपीट गरेको छ ।
शुक्रबार बेलुका ९ बजेतिर पुचारबजारस्थित ब्रदर्श दोहोरी साझमा आफ्नो समुहसहित पुगेका भण्डारीले दोहोरी संचालक विनोद श्रेष्ठलाई निर्घात कुटपीट गरेको हो ।
आक्रमणमा भण्डारी, सन्तोष थापा, प्रकाश तामाङ, काजी शाक्य, सुजन तामाङ, सरोज अधिकारी, ललित तामाङ, सुनिल थापाको समलग्नता रहेको देखिन्छ ।
घटनापछि प्रहरीलाई खबर गर्दा प्रहरी आएपनि मदिरा सेवन गरेर फर्किएको तर अपराधीलाई पक्राउ नगरेको पीडितले जनाएका छन् ।
पीडितका अनुसार प्रहरीले घटनालाई समलग्नलाई पक्राउ गर्नुभन्दा पनि भगाउने भूमिका खेलेका थिए । घटनापछि घाईते श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । जिल्ला अस्पतालमा उनको उपचारको क्रममा उनले रगत नै छादेको र अनुहारको हड्डी टुटेको पाइएको थियो । उनलाई थप उपचारका लागि काठमाडौं स्थित राष्ट्रिय ट्रमा सेन्टेरमा पठाइएको छ । अहिले उनको अवस्था गम्भिर रहेको छ ।
धादिङ प्रहरी प्रमुखको रुपमा राकेश सिंह नियुक्त भएर आएपछि पछिल्लो समय गुण्डार्दी बढेर गएको छ । राधे समुहमाथि एसपी सिंहकै संरक्षण रहेको स्रोतले जनाएको छ । शुक्रबारको घटना पनि प्रहरीको सुचनामै भएको पीडितको आरोप छ । यद्धपी एसपी सिंह भने प्रहरीले सामान्य झगडाको सुचना आएपछि मुभ भएको बताउँछन् । ‘सामान्य झगडाको सुचना आएपछि प्रहरी पुग्दा त्यहाँ कोही थिएनन्,’ उनले भने,‘प्रहरीले मदिरा खाएर हिँडेको भन्ने कुरा गलत हो । त्यस्तो हो भने कारबाही हुन्छ ।
चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई
चैत २४,काठमाडौं । सर्वोच्च अदालत ले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिहरूका परिवारले हक–अधिकार उपभोग गर्न
चैत २०, काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डिपी) अर्याल निर्विरोध निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र
चैत १६ , काठमाडौँ । बालेन शाहले आज सत्ता र प्रतिपक्षी दलका सांसदहरूसँग सामूहिक छलफल
पोखरा, १६ चैत २०८२ । गण्डकी प्रदेशसभाले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न
काठमाडौँ, चैत १६ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि आज