धादिङमा गुण्डागर्दी : ग्याङसहित पुगेका राधेले कुटे रेष्टुरेन्ट संचालक !

राधे'लाई नछाडे तरुण दलले आन्दोलन गर्ने

धादिङ । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधी तथा गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ राधे समुहले धादिङको निलकण्ठ नगरपालिका पुछार बजारमा एक युवालाई निर्घात कुटपीट गरेको छ ।
शुक्रबार बेलुका ९ बजेतिर पुचारबजारस्थित ब्रदर्श दोहोरी साझमा आफ्नो समुहसहित पुगेका भण्डारीले दोहोरी संचालक विनोद श्रेष्ठलाई निर्घात कुटपीट गरेको हो ।

आक्रमणमा भण्डारी, सन्तोष थापा, प्रकाश तामाङ, काजी शाक्य, सुजन तामाङ, सरोज अधिकारी, ललित तामाङ, सुनिल थापाको समलग्नता रहेको देखिन्छ ।

घटनापछि प्रहरीलाई खबर गर्दा प्रहरी आएपनि मदिरा सेवन गरेर फर्किएको तर अपराधीलाई पक्राउ नगरेको पीडितले जनाएका छन् ।

पीडितका अनुसार प्रहरीले घटनालाई समलग्नलाई पक्राउ गर्नुभन्दा पनि भगाउने भूमिका खेलेका थिए । घटनापछि घाईते श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । जिल्ला अस्पतालमा उनको उपचारको क्रममा उनले रगत नै छादेको र अनुहारको हड्डी टुटेको पाइएको थियो । उनलाई थप उपचारका लागि काठमाडौं स्थित राष्ट्रिय ट्रमा सेन्टेरमा पठाइएको छ । अहिले उनको अवस्था गम्भिर रहेको छ ।

धादिङ प्रहरी प्रमुखको रुपमा राकेश सिंह नियुक्त भएर आएपछि पछिल्लो समय गुण्डार्दी बढेर गएको छ । राधे समुहमाथि एसपी सिंहकै संरक्षण रहेको स्रोतले जनाएको छ । शुक्रबारको घटना पनि प्रहरीको सुचनामै भएको पीडितको आरोप छ । यद्धपी एसपी सिंह भने प्रहरीले सामान्य झगडाको सुचना आएपछि मुभ भएको बताउँछन् । ‘सामान्य झगडाको सुचना आएपछि प्रहरी पुग्दा त्यहाँ कोही थिएनन्,’ उनले भने,‘प्रहरीले मदिरा खाएर हिँडेको भन्ने कुरा गलत हो । त्यस्तो हो भने कारबाही हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्