मधेसमा एमालेको शक्ति प्रदर्शन: मधेस विरोधी भनेर मिथ्या हल्ला चलाएको आरोप

काठमाडौँ, २३ चैत । मधेस आन्दोलनताका मधेस विरोधी नेताको आरोप लागेका नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेसलाई फकाउन थालेका छन्। स्थानीय तहको निर्वाचनलाइ लक्षितगरी शक्ति प्रदर्शन गर्न वीरगन्जमा मङगलबार एमालेले आयोजना गरेको बृहतआमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले आफ्नो सरकारका पालामा भएका विकासका कामहरुको मात्रै वर्णन गरेर मधेसलाइ फकाउने कोशीस गरेका हुन्।

विपक्षी दल र सरकार चर्को अलोचना भन्दापनि उनले सम्बोधनको अधिकांश समय मधेस र मधेसीका लागि विगतमा आफ्नो सरकारले गरेका कामहरुको वर्णन मै खर्च गरे। मधेसी जनतालाई भ्रममा पारेका केही नेताहरुले आफूलाई मधेसी विरोधी भनेर मिथ्या हल्ला चलाएको भएपनि आफू सदैव मधेस र मधेसीको पक्षमा भएको ओलीले जिकिर गरे। ओलीले भने, ‘म आफै मधेसको मान्छे हु, ६० वर्षसम्म मधेसमै बसेको मान्छे हुँ, मधेसमा मैले हलो जोतेको छु, खेतमा पैनी (कूलो)को पानी लगाएको छु, भैसीमा चढेर वस्तुभाउ चराएको छु।

मधेस विरोधी भन्नेहरुले भन्दै गरे तर आफूले मधेसको विकासमा काम गर्दै गरेको उनले सुनाए। ओलीले भने,‘तराइ मधेसका बाटोघाटो चौडा र चिल्लो पार्ने केपी ओली, हुलाकी सडक बनाउने केपी ओली, एयरपोर्ट बनाउने केपी ओली, खेतखेतमा सिँचाई पुरयाउने केपी ओली अनि मधेस विरोधी केपी ओली कसरी भयो ? ओलीलाई मधेस विरोधी भनेको सुन्दा अच्चम लाग्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स

श्रममन्त्री साह बर्खास्त

चैत २६, काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

गाडी भाडा वृद्धि

  चैत २५, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको