समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई माया गर्ने मात्र कम्युनिष्ट हुन् : ओली

काठमाडौँ, २० चैत । एमाले अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाल’ अभियानलाई माया गर्ने मात्र कम्युनिष्ट हुने बताएका छन् ।  

आज एमाले निकट बुद्धिजीवी परिषद्को १० औं राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय हित चिताउने र गर्ने तथा जनताको सेवाका लागि काम गर्ने पार्टी कम्युनिष्ट हुने बताए ।

 समृद्ध नेपाल र सुखी नेपालीको अभियानका साथ एमाले अघि बढेको भन्दै उनले देश र जनताको समयानुकूल समृद्धि बनाउने बाटोमा अघि बढेको बताए ।

उनले नेपालमा तीन प्रकारका कम्युनिस्टहरू रहेको बताए । “दार्शनिक धरातल भएका र त्यसलाई व्यवहारमा अपनाउने पहिलो वर्गका कम्युनिस्ट छन् । दोस्रो, प्रगतिशील धारका कम्युनिस्ट सैद्धान्तिक वैचारिक तहका कम्युनिस्ट हुन्,” उनले भने, “हामीकहाँ मान–सम्मान पुगेन भने पार्टी ध्वस्त पार्न तयार हुने कम्युनिस्ट पनि छन् ।”

उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै नाफा–नोक्सानको राजनीति गर्ने पनि राजनीतिज्ञ भएको बताए । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्यमा हिँड्ने, देशलाई माया गर्ने, राष्ट्रियता जोगाउने मानिस मात्र कम्युनिस्ट हुन सक्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शान्ति निर्विकल्प बाटो

 २९ वैशाख २०८२ ।  विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध

यसरी आश्रित परिवारको सहारा बनेको छ सामाजिक सुरक्षाकोष

बैशाख २३ गते २०८२ काठमाण्डौ । अनुमान पनि गर्न नसकिने यो कहालिलाग्दो अवस्थाको अनुमान गरौं

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

कुलमानको बदमासी छताछुल्ल हुनेगरी विद्युत प्राधिकरणले जारी गर्यो श्वेतपत्र (सूचीसहित)

  २१ वैशाख २०८२, काठमाडौं। नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

समावेशी विकासका आयाम

विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक