काठमाडौँ, ७ फागुन : पाँच दलीय सत्ता गठबन्धन अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा अनिर्णीत बन्दै गएको छ । गठबन्धन आबद्ध दलहरूबीचको पटकपटकको बैठकमा हमति नजुट्दा गठबन्धनभित्रबाटै एमसीसीको ‘गाँठो’ फुक्न सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सत्तारूढ दलको निर्णयको पर्खाइमा छ ।
तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले ५ पुस २०७७ र ८ जेठ २०७८ मा गरी दुईपटक प्रतिनिधिसभा विघटन गरेपछि पछिल्लोपटक विघटनविरुद्ध गत जेठमा पाँच दलीय सत्ता गठबन्धन बनेको थियो । तर, एमसीसी परियोजना संसद्बाट अनुमोदन गर्ने विषयसम्म आइपुग्दा नौ महिनामा नै गठबन्धनको भविष्य अन्योलमा परेको छ । एमसीसीले गठबन्धनमा सहमतिभन्दा विमतिको गाँठो कसिलो बनाएको छ ।गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस जसरी पनि संसद्बाट एमसीसी अघि बढाउने पक्षमा छ । प्रधानमन्त्री शेरबहादुर देउवा सोही रणनीतिअनुसार गठबन्धनका अन्य दलहरूमाथि निरन्तर दबाब बढाउँदै छन् भने कांग्रेसले एमसीसीका पक्षमा उभिने निर्णय नै गरिसकेको छ ।
तर, गठबन्धनमा आबद्ध दल नेकपा माओवादी केन्द्रले एमसीसीविरुद्ध सबैभन्दा चर्काे आवाज निकालिरहेको छ । माओवादीले गत बुधबार बसेको स्थायी कमिटी बैठकबाट नै एमसीसीविरुद्धमा उत्रने निर्णय गरेको थियो । उसले संशोधनबिना एमसीसी अघि बढाउनै नसकिने बताउँदै आइरहेको छ । यस्तै, गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादीले भने एमसीसीका विषयमा शुक्रबारसम्म सहमति नजनाए पनि सहमतिको संकेत देखाउँदै आएको छ ।
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
काठमाडौँ, वैशाख २९ । सरकारले सबै वर्ग, क्षेत्र र समुदायको अपनत्व सुनिश्चित हुने गरी राजनीतिक
काठमाडौँ, वैशाख २८ । सङ्घीय संसद्को बजेट (बर्खे) अधिवेशन आजदेखि सुरु हुँदै छ । सरकारको
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ
काठमाडौं, १८ वैशाख । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का
वैशाख १८, काठमाडौँ। सर्वोच्च अदालत ले ट्राफिक नियम उल्लंघनका नाममा सवारी चालकको लाइसेन्स, ब्लुबुक वा