विना निष्कर्ष सकियो गठबन्धन बैठक: एमसिसी संसदमा पेस नहुने

काठमाडौँ, ६ फागुन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ ।

अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा पेस गर्ने विषयमा छलफल गर्न बसेको बैठक निष्कर्षमा पुग्न सकेन । बैठकबाट बाहिरिँदै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फेरि ८ गते बैठक बस्ने गरी आजको बैठक सकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले आजै एमसिसी संसदमा पेस गरौं भन्नुभएको थियो। हामीले भोलि हाम्रो पार्टीको स्थायी कमिटी बैठक छ। पर्सि फेरि छलफल गरौं भन्यौं । प्रधानमन्त्री आज एमसिसी संसदमा पेस नगर्न सहमत हुनुभयो ।’

आजको बैठकमा नेपालसहित प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । प्रधानमन्त्री शेरबहादुर देउवा जतिसक्यो चाँडो एमसिसी संसदमा पेस गर्ने पक्षमा छन् । गठबन्धनका अरू तीन दलका शीर्ष नेताले भने आजै बिहान बैठक गरी अहिले एमसिसी संसदमा पेस गर्न नसकिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा