दुई प्याकेजमा विस्तार भइरहेको नारायणघाट–बुटवल सडक खण्डमा स्वीकृत डीपीआरमा उल्लेख भएभन्दा चारदेखि पाँच सय गुणा बढी सङ्ख्यामा रुख कटान गरिएको छ । प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा प्रस्तुत गरिएको विवरणअनुसार पहिलो चरणमा ५७६ र दोस्रो चरणमा ४४० प्रतिशत बढी रुख काटिएको पाइएको हो ।
बैठकले बढी रुख काट्न स्वीकृति दिनेमाथि कारबाही गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकका निर्णयबारे जानकारी दिँदै समितिका सभापति कल्याणीकुमारी खड्काले आवश्यकताभन्दा बढी रुख काटिएकाले आयोजनाको काम नै प्रभावित हुन पुगेको ठहर भएको बताए । उनले डीपीआरभन्दा गलत आँकडा पेस गर्ने र उक्त कार्यलाई स्वीकृत गर्ने पदाधिकारीहरूमाथि १५ दिनभित्र छानबिन गरी त्यसको प्रतिवेदन समितिमा उपलब्ध गराउनसमेत सरकारलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिए ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित