होटल याक एण्ड यति र र्‍याडिसनले ३९ करोड बुझाएनन !

२०७८ माघ २२ शनिवार ।  काठमाडौं । राजधानीको दरबारमार्गस्थित होटल याक एण्ड यति र लाजिम्पाटस्थित ¥याडिसन होटलमा सञ्चालित क्यासिनोले करोडौं रोयल्टी तथा नविकरण शुल्क नतिरेको पाइएको छ । पर्यटन विभागका अनुसार होटल याक एण्ड यतिले २० करोड ६८ लाख १५ हजार रुपैयाँ नतिरेको पुष्टि भएको छ भने ¥याडिसनले १८ करोड ७६ लाख रुपैयाँ नतिरेको पाइएको छ ।

विभागले बक्यौता रकम भुक्तानी गर्न भन्दै गत कार्तिक ७ गते ३५ दिने र पुस २७ मा पुन १५ दिने म्याद तोकेरै पत्राचार गरेपनि हालसम्म रोयल्टी नबुझाएको पाइएको हो । विभागले यी दुई क्यासिनोलाई ७ दिन भित्र बक्यौता रकम भुक्तानी गर्न अल्टिमेटम दिएको छ ।

यसअघि १३ करोड रुपैयाँ राजश्व नबुझाएको भन्दै पर्यटन मन्त्री प्रेम आलेको निर्देशनमा टाइगर प्यालेस रिसोर्टका सिइओलाई पक्राउ गरिएको थियो । तर, २० औँ करोड नतिर्ने यी दुई क्यासिनो सञ्चालकलाई भने सरकारले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद