January 29, 2022

कर्मचारीलाई मोबाइल राख्न निषेध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई नियमित काममा खटिइरहेको समयमा मोबाइल फोन चलाउन र साथमा राख्न रोक लगाइएको छ । अध्यागमन सेवा प्रदान गर्ने क्रममा डेस्क ड्युटी आवरको बेला मोबाइल चलाउन मात्र नभई साथमा नराख्न निर्देशन गरिएको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए । काममा खटिनु अगाडि निजी फोन लकरमा राख्न निर्देशन दिएको छ । महानिर्देशक भट्टराईले भने, ‘सर्वसाधारणको सेवा गर्दा कर्मचारीले मोबाइल बोकिराख्नुपर्ने अवस्था हुँदैन ।’ आजको गोरखापत्र दैनिकमा समाचार छ ।

आवश्यक परेमा ल्यान्डलाइन र अफिसियल फोन प्रयोग गर्न सकिने जारी सूचनामा उल्लेख छ । वरिष्ठ अध्यागमन अधिकृत तथा डेस्क अफिसर (डीअ)लाई व्यक्तिगत मोबाइल प्रयोग भए/नभएको नियमन तथा नियन्त्रणको जिम्मेवारी दिएको छ । अध्यागमन विभागकै कर्मचारीको मिलेमतोमा भिजिट भिसामा विदेश जानेहरूको सङ्ख्या बढेको आरोप लाग्दै आएको छ । यसरी गएकाहरू अलपत्र पर्ने र दुःख पाउन थालेपछि विभागले सो निर्णय गरेको बताइन्छ विशेष गरी खाडी र युरोपलगायतका मुलुकहरूमा भिजिट भिसामा गएका नेपाली नागरिकले दुःख पाउन थालेपछि यस समस्याको समाधान र उपायका सम्बन्धमा अध्ययन गर्न सरकारले समिति नै गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलको नेतृत्वमा गठित समितिले आवश्यक अध्ययनपछि बुझाउने प्रतिवेदनका आधारमा भिजिट भिसामा कस्तो व्यक्तिलाई विदेश जान दिने र नदिने निर्क्योल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित