January 27, 2022

राष्ट्रिय सभा निर्वाचन : ‘क्लिनस्विप’बाट जोगियो एमाले

राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्टिय जनमोर्चाको तर्फबाट बनेको पाँच दलीय गठबन्धनले सानदार जित हात पार्दा प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले पनि गठबन्धनलाई चुनौती दिँदै एक सिट जोगाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । 

सत्ताधारी दलहरू गठबन्धनसहित मैदानमा उत्रिँदा एमालेले प्रदेश १ तर्फ आफ्ना उम्मेदवारलाई विजयी बनाउन सफल भएको हो । योसँगै १९ सिटका लागि भएको निर्वाचनमा एमाले ‘क्लिनस्विप’ हुनबाट जोगिएको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार चुनाव भएका १९ मध्ये १८ सिटमा गठबन्धनमा आबद्ध दलका उम्मेदवार विजयी भएका छन् । प्रदेश १ मा एमालेका सोनम ग्याल्जेन शेर्पा विजयी भएका हुन् । शेर्पाको विजयले राष्ट्रिय सभामा एमाले नै ठूलो पार्टीको हैसियतमा उभिएको छ ।

राष्ट्रिय सभामा एमाले नै ठूलो

बुधबारको निर्वाचनअघि राष्ट्रिय सभामा एमालेको २४ सिट थियो । बुधबारबाटै एमालेले आफ्नो सात सिट गुमाउँदै १७ सिट कायम राखेको छ ।

यसैगरी, माओवादी केन्द्र दोस्रो ठूलो दल बनेको छ । चुनावअघि १४ सिट रहेको माओवादीले निर्वाचनपछि १ सिट थप्दै दोस्रो ठूलो दल बनेको हो । माओवादीबाट चार सिट रिक्त हुँदै गर्दा थप एक सिट जितेको हो । बुधबार भएको निर्वाचनपछि माओवादी केन्द्रको सिट १५ पुगेको छ ।

यसैगरी, तेस्रो ठूलो दल नेपाली कांग्रेस बनेको छ भने यसअघि सात सिटमा मात्रै सीमित रहेको कांग्रेसले सिट बढाएर १० पु¥याएको छ । कांग्रेसबाट तीन सिट रिक्त हुँदै थियो ।

यस्तै, एकीकृत समाजवादी राष्ट्रिय सभामा चौथो ठूलो दल बनेको छ । चुनावअघि सात सिटमा रहेको सो दलबाट चार सदस्य रिक्त हुँदै थिए । गठबन्धनमा भएको भागबन्डामा नेकपा एसले पाँच सिट पाएको थियो भने अब आठ सिटसहित नेकपा एस चौथो ठूलो दल बनेको हो ।

यसैगरी, एक सिट रहेको जनता समाजवादीले गठबन्धनमा दुई सिट पाएको भए पनि एक सिट मात्रै थप्न सफल भयो । प्रदेश १ मा जसपाले एक सिट गुमाएको हो । अब राष्ट्रिय सभामा जसपा दुई सांसद भएका छन् ।

यसैगरी, प्रतिनिधिसभामा मात्रै रहेको जनमोर्चाको राष्ट्रिय सभामा समेत खाता खोलेको छ । लुम्बिनी प्रदेशको दलिततर्फ जनमोर्चाका उम्मेदवार तुलबहादुर विश्वकर्मा विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित