January 27, 2022

नारायणहिटी विवाद अब अख्तियारमा

सरकारले नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रेस्टुरेन्ट निर्माणसम्बन्धी विवादको थप छानबिन तथा आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी प्रधान कार्यालयलाई पत्रचार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले व्यापार व्यवसाय प्रयोजनका लागि सङ्ग्रहालयको जग्गा तथा बगैँचा अतिक्रमण गरी संरचना बनाउने र त्यस कार्यमा सहयोग पुर्‍याउने सम्बद्ध अधिकारीलाई कानुनी कारबाहीका लागि आयोग र प्रहरीलाई पत्राचार गरेको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

मन्त्रालयको संस्कृति महाशाखा प्रमुख सहसचिव होमप्रसाद लुइँटेलले नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रेस्टुरेन्ट निर्माणसम्बन्धी विवादको थप छानबिनका लागि अख्तियार र प्रहरीलाई आग्रह गरिएको स्पष्ट पारे । उनी छानबिन समितिको संयोजकसमेत थिए । उनी  नेतृत्वको छानबिन समितिले ६.३४ आना जग्गामा (क्याफ्टेरिया) क्यान्टिन/कफी सप सञ्चालन गर्ने नाममा दरबारको बगैँचासहित १४ रोपनी जग्गा अतिक्रमण गरी बतास समूहले संरचना निर्माण गरेको यथार्थ विवरण बाहिर ल्याइदिएको हो ।

सो कार्यमा नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा विकास समन्वय समितिका तत्कालीन कार्यकारी निर्देशक भेषनारायण दाहालको प्रत्यक्ष संलग्नता देखाई दोषीमाथि कानुनी कारबाहीको सिफारिस गरिएको थियो । दाहालले राजीनामा दिएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले नारायणहिटी परिसरमा रेस्टुरेन्ट सञ्चालनसम्बन्धी विवादको थप छानबिनका लागि पत्र प्राप्त भए पनि यससम्बन्धी भएगरेको प्रगतिका विषयमा केही दिनपछि मात्र बोल्नसक्ने अवस्था रहेको बताए । त्यस्तै केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विष्णुकुमार केसीले नारायणहिटी विवादसम्बन्धी छानबिनको पत्र प्राप्त भइनसकेकाले तत्काल बोल्न सक्ने अवस्था नभएको बताए । “अख्तियारलाई पत्र गएपछि प्रहरीलाई बोधार्थ आउँछ”, उनले भने, “फौजदारी कसुर आकर्षित भएमा कारबाही हुन्छ ।” 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित