मधेश प्रदेशले स्थायी नाम र राजधानी तोकेको सूचना जारी गरेको राजपत्रमा नेपालको पुरानै नक्सा प्रयोग भएकोमा नयाँ सूचना निकालेर त्रुटि सच्याएको छ।
माघ ३ गते प्रदेशले नाम मधेश र राजधानी जनकपुरधाम प्रदेशसभाबाट तोकेको थियो।
उक्त जानकारी राजपत्रमा माघ ३ मै प्रकाशित थियो।
राजपत्रमा पुरानै नक्सा परेपछि मधेश प्रदेश सरकारको आलोचना भएको थियो। उक्त आलोचनापछि आज प्रदेश सरकारले त्रुटि सच्याएको छ।
सरकारका मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले भुलवश हुन गएको प्राविधिक त्रुटि सच्याइएको बताएका छन्।
राजपत्रमा नयाँ नक्सासहितको निशान छाप राखेर नयाँ सूचना छापिएको हो।
यसअघि प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले भुलवश पुरानो नक्सा पर्न गएकोले सच्याउने बताएका थिए।
राजपत्रमा पहिले छापिएको सूचनामा लिम्पियाधुरा, लिपुलेक र कालापानी नभएको निशान छाप उल्लेख थियो। अहिले यी भूमि समेटिएको नक्सा भएको निशान छाप सहित राजपत्रमा सूचना निकालिएको छ।

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ
काठमाडौँ, वैशाख १७ । सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न
क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व