गृह र अर्थ मन्त्रालयबीच द्वन्द्व

काठमाडौँ, ५ माघ । नेपाल प्रहरीमा थप गर्न लागिएका तीन अतिरिक्त महानिरीक्षक (एआइजी) दरबन्दीमा गृह मन्त्रालय र अर्थ मन्त्रालयबीच द्वन्द्व देखिएको छ । दरबन्दी थपसम्बन्धी प्रस्ताव अर्थको स्वीकृति बेगर मन्त्रिपरिषद्मा पुगेको थियो । अर्थको स्वीकृति आवश्यक रहेको भन्दै प्रस्ताव गृहमा फर्काइएको छ ।

अर्थ मन्त्रालयले बजेट अभाव देखाएर दरबन्दी थप्न आनाकानी गरेपछि गृह मन्त्रालयले सीधै मन्त्रिपरिषद्मा पठाएको थियो । मन्त्रिपरिषद्ले अर्थको स्वीकृति ल्याउनू भनेपछि प्रस्ताव गृहमा फिर्ता गरिएको र अर्थबाट एकै दिनमा स्वीकृति आउने दाबी गरिएको छ । ‘फाइल आजभोलि नै अर्थमा जान्छ । केही दिनमा दरबन्दी थप हुन्छ ।

प्रधानमन्त्रीले थप्ने भनेपछि अरूले रोक्ने कुर भएन,’ गृहका एक अधिकारीले भने । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा तीन एआईजी थप्न संगठन व्यवस्थापन तथा सर्वेक्षण गरी केही समयअघि पठाएको थियो । आजको नागरिक दैनिकमा समाचार छ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद