विश्व स्वास्थ्य संगठनले पहिला नै निर्देशन गरेको यो विषय नेपालमा अहिलेका संक्रमितहरूमा समेत प्रमाणित भएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बताए। ‘कोरोना पुष्टि भए पनि खोप लिएकाहरूमा जटिल समस्या देखिएको छैन’, उनले भने। पछिल्लो पटक कोरोना संक्रमण फैलिएपछि अस्पतालमा आएका बिरामीको अवस्था हेर्दा खोप लिएकामा सामान्य समस्या देखिएको पाइएको उनले बताए।
डा.अधिकारीका अनुसार खोप लिएकाहरूमा भन्दा नलिएकाहरूमा कोरोना संक्रमणले १० गुणा बढी जटिल समस्या बनाउँछ भने मृत्युको जोखिम १७ प्रतिशत हुन्छ। अहिले नेपालमा दुवै खाले भेरिएन्टको संक्रमण देखिए पनि खोप लिएका कारण अस्पताल भर्नादर कम भएको हुन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा.शेरबहादुर पुनले बताए। उनले भने, ‘डेल्टाको संक्रमण पनि छ तर खोप लिएको जनसंख्या बढेको र जोखिममा रहेको समूहले खोप लिइसकेको हुनाले जटिल समस्या देखिने बिरामी कम छन्।’ आजको नागरिक दैनिकमा समाचार छ ।
काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
२९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ
काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न
बैशाख ३, काठमाण्डौं । काठमाडौं । पेन्सन अर्थात् निवृत्तिभरण सुविधा लिने बाहेकका सबै सरकारी
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका