अख्तियार र मन्त्रालयबाट नारायणहिटीमा छानबिन सुरु

काठमाडौँ, २३ पौष । नारायणहिटी दरबार सङ्ग्रहालयको जग्गा विवादास्पद ढङ्गले रेस्टुरेन्ट सञ्चालनका लागि भाडामा लगाइएको घटनाका सम्बन्धमा दुईवटा निकायबाट छानबिन सुरु भएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सङ्ग्रहालयको करिब १० रोपनी जग्गा रेस्टुरेन्टका लागि बतास समूहको बी म्यानेजमेन्टलाई मासिक दुई लाख २१ हजार रुपियाँ भाडामा लगाएको समाचारपछि छानबिन सुरु भएको हो । त्यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट छानबिन सुरु भएको हो ।

उक्त मन्त्रालयले सोही मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी छानबिन गर्दैछ । समितिका सदस्यहरूमा मन्त्रालयकै उपसचिव टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्यसचिवमा शाखा अधिकृत टङ्कबहादुर नेगी रहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले छानबिन समितिलाई तीन दिनभित्र प्रतिवेदन तयार गरी पेस गर्न निर्देशन दिएको बताउनुभयो । समितिका संयोजक लुइँटेलले बिहीबारबाट नै काम थालिसकेको बताए ।

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक उच्च पदाधिकारीका अनुसार अहिलेसम्म उजुरी कहीँ कतैबाट नआए पनि ऐतिहासिक महत्त्व बोकेको दरबारको जग्गा भाडामा लगाएको विषयमा सूक्ष्म ढङ्गले बुझ्ने काम भइरहेको छ । अख्तियारले विभिन्न सञ्चार माध्यममा आएका समाचार तथा सूचना सामग्रीलाई समेत छानबिनका लागि आधार मान्ने गरेको र सोहीअनुसार घटनाका सम्बन्धमा छानबिन तथा छलफल भइरहेको जानकारी पनि उनले दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सरकारद्वारा ६ दलको साझा घोषणापत्र समेटिएको ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ सार्वजनिक, ५ वर्षमा १५ लाख रोजगारी लक्ष्य(पुर्णपाठ )

बैशाख १, २०८३, काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले ६ वटा राजनीतिक दलका घोषणापत्र समेट्दै

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स

श्रममन्त्री साह बर्खास्त

चैत २६, काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

गाडी भाडा वृद्धि

  चैत २५, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको