स्थगित भएको फाइजर खोप अभियान दश दिनभित्र सुरु हुने

काठमाडौं, पुस १५ गते । सरकारले १० दिनभित्र १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रेस बिफ्रिङमा मन्त्रालयका सचिव डा. रोशन पोखरेल १० दिनभित्र काठमाडौंसहित आठ जिल्लामा १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप दिने जानकारी दिनुभयो हो ।

यसअघि मन्त्रालयले सूचना जारी गर्दै पुस १३ गतेदेखि सुरु गर्ने भनेको फाइजर खोप अभियान तत्कालका लागि स्थगित गरेको जानकारी दिएको थियो । मन्त्रालयले खोपको लागि आवश्यक पर्ने घोलक र फाइजर खोपलाई चाहिँन सिरिन्जको अभावले केही दिनको लागि खोप अभियान स्थगित गरेको थियो ।

सचिव पोखरेलले फाइजर खोपको लागि आवश्यक पर्ने घोलक आइसकेको बताउनुभयो । साथै फाइजर खोपलाई चाहिँन सिरिन्ज जनवरी ४ अर्थात् पुस २० गतेसम्म आइपुग्ने अनुमान रहेको उहाँले बताउनुभयो ।

फाइजर खोप अभियानको लागि फाइजर कम्पनिले बनाएको ०.३३ एमएमको सिरिन्ज आवश्यक पर्छ । खोप अभियानको लागि छ लाख ६४ हजार ६५० मात्रा फाइजर खोप आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

संवैधानिक इजलास गठनमा बारको आपत्ति

 २९ साउन २०८३, काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै पत्रकार महासंघको प्रदर्शन

काठमाडौं, २८ साउन — पत्रकार किशोर श्रेष्ठको बिनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक