१ देखि १२ कक्षासम्म एउटै मापदण्ड लागु

काठमाडौँ, पुस १२ गते । विद्यालय तहका परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क प्राप्त नगर्ने विद्यार्थी माथिल्लो तहमा उक्लिन नपाउने भएका छन् । ३५ प्रतिशतले स्तरीकृत अङ्क (जीपीए) १.६ लाई जनाउँछ । २०७२ सालबाट लागू गरिएको अक्षराङ्कन पद्धतिका कारण विद्यार्थीको सिकाइमा समस्या देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अक्षराङ्कन निर्देशिका, २०७८ जारी गरेको छ । निर्देशिकाले माथिल्लो तहमा अध्ययन गर्न ३५ प्रतिशतलाई आधार बनाएको छ ।

मन्त्रालयका सहसचिव दीपक शर्माले भन्नुभयो, “नयाँ व्यवस्थाले विद्यार्थीको सिकाइमा सुधार ल्याउने विश्वास गरेका छौँ । विगतमा अनुत्तीर्ण भनी प्रमाणपत्रमा उल्लेख नहुँदा विदेश गएर पनि उच्च शिक्षामा भर्ना हुन्थे । तर अब ३५ प्रतिशतभन्दा कम प्राप्ताङ्क ल्याउनेहरू माथिल्लो कक्षामा भर्नाका लागि अयोग्य ठहरिन्छन् ।”

निर्देशिकाले नयाँ ग्रेड निर्धारण गरेको छ । नयाँ मापदण्डमा विगतमा प्रयोग हुँदै आएको ‘ई’ र ‘डीप्लस’ हटाइएको छ । ३५ प्रतिशतभन्दा कम ल्याउने विद्यार्थीको प्रमाणपत्रमा अवर्गीकृत (नट ग्रेडेड) उल्लेख गरिनेछ । अनुत्तीर्ण भनेर प्रमाणपत्रमा उल्लेख नभए पनि अवर्गीकृत उल्लेख भएका प्रमाणपत्रका आधारमा माथिल्लो तहमा भर्ना पाइने छैन ।

निर्देशिकाले सर्वाेत्तम (जीपीए ४.०), अत्युत्तम (जीपीए ३.६), उत्कृष्ट (जीपीए ३.२), उत्तम (जीपीए २.८), सन्तोषजनक (जीपीए २.४), ग्राह्य (जीपीए २.०) र आधारभूत (जीपीए १.६) गरी आठवटा अक्षरगत स्तरमा सूचित गरेको छ । विद्यार्थीले परीक्षामा विषयगत रूपमा सैद्धान्तिकतर्फ न्यूनतम ‘डी’ र आन्तरिक (प्रयोगात्मक)तर्फ न्यूनतम ‘सी’ ग्रेड प्राप्त गरेकै हुनुपर्छ । मन्त्रालयका प्रवक्ता शर्माले निर्देशिकाअनुरूप विद्यालय तहका सम्पूर्ण कक्षामा विद्यार्थीको मूल्याङ्कन गरिने बताउँदै भन्नुभयो, “कक्षा ८, कक्षा १० र कक्षा १२ को सम्बन्धित निकायले मूल्याङ्कन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक