१२ कक्षाको प्रमाणपत्र सम्बन्धित विद्यालयबाटै

 २२ मंसिर २०७८, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षाको मार्कसिट र सर्टिफिकेट विद्यालयबाटै वितरण गर्ने निर्णय गरेको छ । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बोर्डले सम्बन्धित विद्यालयबाटै शैक्षिक प्रमाणपत्र लिने व्यवस्था मिलाएको हो ।

बोर्डका अनुसार, यो वर्ष विद्यार्थीले आफूले अध्ययन गरेकै विद्यालयबाट शैक्षिक प्रमाणपत्र लिन सक्ने छन् । यसअघि कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डसम्म पुगेर प्रमाणपत्र लिनुपर्ने बाध्यता थियो ।

यो वर्ष बोर्डले सम्बन्धित विद्यालयमै शैक्षिक प्रमाणपत्र पठाउने बताएको छ । महामारीका कारण विद्यार्थीले आफू पढेको विद्यालयबाटै प्रमाणपत्र लिन सक्ने छन् ।

बोर्डले कक्षा १२ को यो वर्षको परीक्षाको परीक्षाफल मंसिर १७ गते प्रकाशित गरेको थियो । गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षामा ३ लाख ८५ हजार विद्याथी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो