राष्ट्रिय सम्मेलनको तीव्र तयारीमा माओवादी केन्द्र

काठमाडौँ, १७ मंसिर । नेकपा माओवादी केन्द्र राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ। पुस ११ देखि १३ सम्म हुने राष्ट्रिय सम्मेलनमा एक हजार ८ सयको हाराहारीमा प्रतिनिधि सहभागी गराउने तयारी भएको स्रोतले बतायो। ‘पदेन प्रतिनिधि धेरै हुने भएकाले सबैलाई समेटेर १ हजार ८ सयजति प्रतिनिधि सहभागी गराउने तयारी हो’,स्रोतले भन्यो।

राष्ट्रिय सम्मेलनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल राजनीतिक दस्तावेज लेखनमा जुटिसकेका छन्। ‘अहिले मानिसहरूसँग भेटघाट निकै कम छ। उहाँ राष्ट्रिय सम्मेलनमा पेस गर्ने राजनीतिक प्रतिवेदन लेखनमा लागिसक्नुभएको छ’, दाहालनिकट एक नेताले भने। कुनै बेला चार हजार केन्द्रीय सदस्य बनाएर आलोचना खेपेको माओवादी केन्द्रले यसपटक भने चुस्त दुरुस्त संगठन बनाउन जोड दिँदै मंसिर ४ गते वडा र मंसिर ११ गते गाउँपालिकाको सम्मेलन गरेको छ।

मंसिर १८ गते जिल्ला र २५ गतेभित्र प्रदेश सम्मेलन गरिसक्ने तालिका छ। ‘केन्द्रले पठाएको कार्यतालिकाअनुसार अहिले देशभर पार्टी संगठनको काम भइरहेको छ,’स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने, ‘अब माओवादी केन्द्र वैचारिक तथा राजनीतिक रूपले स्पष्ट भएर अघि बढ्नेछ।’ उनका अनुसार पार्टीमा पहिलाको भन्दा आकर्षण बढेको छ। ‘अहिलेको अवस्थामा पार्टीप्रतिको आकर्षण बढेको छ त्यही भएकाले पार्टी नेता र कार्यकर्ता उत्साहित छन्’, गजुरेलले भने।

माओवादी केन्द्रले गएको साउनमा विधान संशोधन गरेर पार्टीका विभिन्न तह र तप्कामा निर्वाचनको व्यवस्था गरेको छ। ‘साउनमा पास गरिएको विधानअनुसार नै सबै कमिटी निर्माण हुनेछन्,’ गजुरेलले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 आज सार्वजनिक हुँदैछ एसइईको नतिजा : यसरी हेर्न सकिन्छ

काठमाडौँ, असार १३ गते । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज शुक्रबार साँझ

इजरायलद्वारा इरानका सैन्य ठाँउमा थप हवाई आक्रमण

९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई

यातायातका कर्मचारीविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडौँ, असार ४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत (आठौँ तह)

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

ओली सरकारले ‘अध्यादेश’मार्फत गरेका १२ संवैधानिक निकायका ५२ नियुक्तिहरु यी हुन्

बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको