राष्ट्रिय सम्मेलनको तीव्र तयारीमा माओवादी केन्द्र

काठमाडौँ, १७ मंसिर । नेकपा माओवादी केन्द्र राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ। पुस ११ देखि १३ सम्म हुने राष्ट्रिय सम्मेलनमा एक हजार ८ सयको हाराहारीमा प्रतिनिधि सहभागी गराउने तयारी भएको स्रोतले बतायो। ‘पदेन प्रतिनिधि धेरै हुने भएकाले सबैलाई समेटेर १ हजार ८ सयजति प्रतिनिधि सहभागी गराउने तयारी हो’,स्रोतले भन्यो।

राष्ट्रिय सम्मेलनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल राजनीतिक दस्तावेज लेखनमा जुटिसकेका छन्। ‘अहिले मानिसहरूसँग भेटघाट निकै कम छ। उहाँ राष्ट्रिय सम्मेलनमा पेस गर्ने राजनीतिक प्रतिवेदन लेखनमा लागिसक्नुभएको छ’, दाहालनिकट एक नेताले भने। कुनै बेला चार हजार केन्द्रीय सदस्य बनाएर आलोचना खेपेको माओवादी केन्द्रले यसपटक भने चुस्त दुरुस्त संगठन बनाउन जोड दिँदै मंसिर ४ गते वडा र मंसिर ११ गते गाउँपालिकाको सम्मेलन गरेको छ।

मंसिर १८ गते जिल्ला र २५ गतेभित्र प्रदेश सम्मेलन गरिसक्ने तालिका छ। ‘केन्द्रले पठाएको कार्यतालिकाअनुसार अहिले देशभर पार्टी संगठनको काम भइरहेको छ,’स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने, ‘अब माओवादी केन्द्र वैचारिक तथा राजनीतिक रूपले स्पष्ट भएर अघि बढ्नेछ।’ उनका अनुसार पार्टीमा पहिलाको भन्दा आकर्षण बढेको छ। ‘अहिलेको अवस्थामा पार्टीप्रतिको आकर्षण बढेको छ त्यही भएकाले पार्टी नेता र कार्यकर्ता उत्साहित छन्’, गजुरेलले भने।

माओवादी केन्द्रले गएको साउनमा विधान संशोधन गरेर पार्टीका विभिन्न तह र तप्कामा निर्वाचनको व्यवस्था गरेको छ। ‘साउनमा पास गरिएको विधानअनुसार नै सबै कमिटी निर्माण हुनेछन्,’ गजुरेलले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले