एमालेमा केन्द्रीयता हाबी : ‘हाई कमान्ड’कै निर्देशनमा प्रतिनिधि छनोट

काठमाडौं,कात्तिक २८, एमालेले दसौं महाधिवेशनको नेतृत्व चयनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा स्थानीय तहदेखि सबै कमिटीमा केन्द्रीयता हाबी भएको छ। पार्टी ‘हाई कमान्ड’ (मूल नेतृत्व) ले सकेसम्म सबैतिर सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छनोट गर्न निर्देशन दिएको र मातहतका कमिटीले पनि त्यसैलाई कार्यान्वयन गर्दा केन्द्रीयता हाबी भएको हो। पार्टी संकटमा रहेको र एमालेभित्र एकता कायमै रहेको देखाउनुपर्ने बाध्यतालाई ध्यान दिँदै हाई कमान्डले प्रतिनिधि छनोटका लागि सर्वसम्मत तरिका अपनाउन निर्देशन दिएको हो।

सबैभन्दा लोकतान्त्रिक विधि नै सर्वसम्मत विधि भएकाले पनि प्रतिनिधि छनोटमा यसलाई अपनाइएको एमाले नेताहरूले बताएका छन्। राति अबेरसम्म सबै जिल्ला र कमिटीहरूलाई सर्वसम्मत प्रतिनीधि छनोट गर्ने बाध्य पारिएको जिल्ला नेताहरूले बताएका छन्। शनिबार सर्वसम्मत नभएका स्थानमा भने आइतबारसम्ममा सर्वसम्मत रूपमै छनोट गरी केन्द्रमा प्रतिनिधिको नाम पठाउन पनि निर्देशन दिइएको छ। ‘सबै स्थानमा सर्वसम्मत गराउने निर्देशन छ, त्यहीअनुसार सबै कमिटीमा प्रतिनिधि छनोटको प्रक्रिया सर्वसम्मत हुन्छ,’ निर्वाचन प्रक्रियामा रहेका एक नेताले भने।

एमालेले करिब ८ लाख संगठित सदस्यबाट १ हजार ९ सय ९९ जना महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश छनोट गर्ने कार्यलाई सर्वसम्मत बनाइसकेको छ। एमालेले देशका सबै भौगोलिक, गैरभौगोलिक कमिटी, जनसंगठन र प्रवासमा शनिबार एकै दिन प्रतिनिधि छनोट सुरु गरेको थियो। केही जिल्लाले बिहीबार र शुक्रबार नै सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरिसकेका पनि छन्। आगामी १० देखि १२ मंसिरमा चितवनमा हुने दसौं महाधिवेशनमा यसरी छनोट भएका १ हजार ९ सय ९९ प्रतिनिधिले पार्टीको मूल नेतृत्वसहित केन्द्रीय कमिटी सदस्यहरू निर्वाचित गर्नेछन्।
केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बिहीबार साँझबाट सुरु भएको प्रतिनिधि छनोट प्रक्रिया शनिबारसम्म आइपुग्दा अधिकांश स्थानमा सर्वसम्मत ढंगले चयन भइसकेको बताए।
निर्वाचनका लागि बिहीबारबाटै बहुसंख्यक जिल्लामा मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, फिर्तालगायतको प्रक्रिया सुरु भएको भए पनि सर्वसम्मत ढंगले प्रतिनिधि छनोटको प्रक्रिया अघि बढाउन केन्द्रको निर्देशन थियो। प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीहरूमा महाधिवेशन प्रतिनिधिका आकांक्षी धेरै भए पनि केन्द्रले दबाब दिएपछि निर्वाचन प्रक्रिया नबढाई सर्वसम्मतिको प्रक्रिया अवलम्बन गरिएको नेताहरूको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक