बार अराजक बन्दै

काठमाडौं,कात्तिक २६, प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाइमा आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले बिहीबार पनि सर्वोच्च अदालत परिसरभित्रै अराजक हिसाबले नाराजुलुस गरे।न्यायपालिकाको इतिहासमा सर्वोच्च अदालत परिसरभित्रै प्रधानन्यायाधीशविरुद्ध अराजक ढंगले नाराजुलुस भएको सायदै पहिलो पटक हो। नेपाल बारका पूर्वपदाधिकारी,वर्तमान पदाधिकारी,वरिष्ठ अधिवक्ताहरू सम्मिलित विरोध कार्यक्रममा उत्तेजित नारा लगाइएका थिए। कानुनका ज्ञाताहरू नै सर्वोच्च अदालत परिसरमा संयमित बन्न सकेनन्।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बारले दोस्रो चरणको आन्दोलन थालेको छ। राजीनामा माग राखेर कालोपट्टीसहित नेपाल बारको प्रांगणमा धर्ना दिँदै आएका कानुन व्यवसायी बिहीबार भने सर्वोच्च अदालत परिसर पुगे।

सर्वोच्च अदालतभित्रै माइक राखेर विरोध कार्यक्रम गर्ने तयारी गरिरहेका कानुन व्यवसायीलाई त्यहाँ खटिएका सुरक्षाकर्मीले संवेदनशील स्थान भएकाले भित्र कार्यक्रम नगरिदिन आग्रह गरेका थिए। सुरुमा पाँचजना सुरक्षाकर्मीले रोकेका थिए। माइक राखेर कार्यक्रम गर्न नपाउँदा उपस्थित कानुन व्यवसायी आक्रोशित भएका थिए।

त्यसपछि सुरक्षाकर्मी र आन्दोलनकारी कानुन व्यवसायीबीच धकेलाधकेल भयो।  त्यसपछि आक्रोशित बनेका कानुन व्यवसायीले प्रधानन्यायाधीश जबराविरुद्ध अमर्यादित नारा लगाएका थिए। नेपाल बार एसोसिएनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ,सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यलगायत वरिष्ठ अधिवक्तादेखि अधिवक्तासम्म नाराबाजीमा सहभागी थिए।  
बारका अध्यक्ष श्रेष्ठलगायतलाई सर्वोच्च प्रशासनले अदालतभित्र नाराबाजी नगरिदिन आग्रह गरेको थियो। सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुवँरले बारका अध्यक्षलाई आन्दोलनमा संयम र धैर्य नगुमाइदिन आग्रह गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज