राष्ट्रिय जनगणना तयारी पूरा

काठमाडौँ, कात्तिक २४ गते । कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणना २०७८ को सबै तयारी पूरा भएको छ । बिहीबारबाट सुरु हुने राष्ट्रिय जनगणना २०७८ को सुुरुवात सङ्घमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट जनगणना सुरु गरिने भएको छ ।
यसैगरी, प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगर तथा गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी जनगणनाको प्रारम्भ गरिने छ । जनगणनाका लागि आठ हजार पाँच सय सुपरिवेक्षक र ३९ हजार जना गणक तयारी अवस्थामा रहेका छन् । गत भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएको र सोको आधारमा जनगणना गरिने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले जनगणना २०७८ को सबै तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब गणकले घरघरमा पुगेर जनगणना कार्य प्रारम्भ मात्र गर्न बाँकी रहेको र अन्य सबै कार्य पूरा भएको छ ।”
बिहीबार बिहानैदेखि सबै गणकले घरघरमा पुगेर जनगणनाको कार्य सुरु गर्न मात्र बाँकी रहेको रेग्मीले बताउनुभयो ।
यस वर्षको जनगणनाका लागि सूचीकरण फाराम, मूल प्रश्नावली र सामुदायिक प्रश्नावली गरी तीन प्रकारका प्रश्नावली तयार गरिएको छ । उक्त प्रश्नावलीले समग्र कृषि क्षेत्रको विवरण, बैङ्कमा किसानको पहुँच, व्यक्तिगत विवरण, जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग, सामाजिक आर्थिक विषय, जन्म, मृत्यु, बसाइँसराइलगायतका विवरण आउनेछ ।

घरघरमा पुगेर गणकले सोधेका प्रश्नबाट व्यक्तिगत विवरण आउने र सो व्यक्तिगत विवरणलाई आधार मानेर सुपरिवेक्षकले स्थानीय तहका वडाध्यक्षसँग क्रस चेकिङ गर्नका लागि वडा तहमा सामुदायिक प्रश्न सोधिन लागेको रेग्मीले बताउनुभयो ।
यस वर्षको जनगणनाका लागि सरकारले ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नारा तय गरेको छ । सामाजिक, आर्थिक, भौगोलिक, भौतिक पूर्वाधार र अन्य पक्ष समेटिने गरी हुन लागेको जनगणनाका लागि केन्द्रदेखि वडास्तरसम्मका संरचना तयार गरिएको छ ।
यस वर्षको जनगणनाबाट वडाभित्रको जातजाति, धर्म, सेवाप्रवाह, राज्यले प्रदान गर्ने सुविधामा नागरिकको पहँुचलगायतका स्पष्ट रूपमा तथ्याङ्क आउने गरी प्रश्नावली तयार गरिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताउनुभयो । उहाँका अनुसार जनगणनाबाट सामाजिक, आर्थिक पूर्वाधार सेवा, सुविधा, विपत् जोखिमको अवस्था, एक वर्षभित्रमा भएका प्राकृतिक वा विपत्को क्षतिको विवरण, वन्यजन्तु र जङ्गली जनावरबाट भएको क्षति, स्थानीय स्तरमा भएका जातजाति वा सीमान्तकृत नागरिकको बसोबास अवस्थाको तथ्याङ्क आउने छ ।

जनगणनाका क्रममा एक जना गणकले करिब १५० घरसम्म पुग्नुपर्ने गरी कार्यतालिका निर्माण गरिएको छ । लामिछानेले जनगणनाका लागि घरघरमा पुग्ने गणकलाई सत्यतथ्य विवरण प्रदान गरेर सहयोग गर्न सबैमा आग्रह गर्नुभयो ।
नेपालमा हरेक १०/१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ । मुलुकमा पहिलो जनगणना वि.सं. १९६८ मा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ट्राफिक प्रहरीलाई जरिवानासम्म सीमित अधिकार, लाइसेन्स वा साँचो नियन्त्रण गैरकानुनी: सर्वोच्च

वैशाख १८, काठमाडौँ।  सर्वोच्च अदालत ले ट्राफिक नियम उल्लंघनका नाममा सवारी चालकको लाइसेन्स, ब्लुबुक वा

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

संविधान संशोधन बहसपत्र कार्यदलको बैठक सिंहदरबारमा सुरु

वैशाख १०, २०८३। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा