राष्ट्रिय जनगणना तयारी पूरा

काठमाडौँ, कात्तिक २४ गते । कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणना २०७८ को सबै तयारी पूरा भएको छ । बिहीबारबाट सुरु हुने राष्ट्रिय जनगणना २०७८ को सुुरुवात सङ्घमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट जनगणना सुरु गरिने भएको छ ।
यसैगरी, प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगर तथा गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी जनगणनाको प्रारम्भ गरिने छ । जनगणनाका लागि आठ हजार पाँच सय सुपरिवेक्षक र ३९ हजार जना गणक तयारी अवस्थामा रहेका छन् । गत भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएको र सोको आधारमा जनगणना गरिने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले जनगणना २०७८ को सबै तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब गणकले घरघरमा पुगेर जनगणना कार्य प्रारम्भ मात्र गर्न बाँकी रहेको र अन्य सबै कार्य पूरा भएको छ ।”
बिहीबार बिहानैदेखि सबै गणकले घरघरमा पुगेर जनगणनाको कार्य सुरु गर्न मात्र बाँकी रहेको रेग्मीले बताउनुभयो ।
यस वर्षको जनगणनाका लागि सूचीकरण फाराम, मूल प्रश्नावली र सामुदायिक प्रश्नावली गरी तीन प्रकारका प्रश्नावली तयार गरिएको छ । उक्त प्रश्नावलीले समग्र कृषि क्षेत्रको विवरण, बैङ्कमा किसानको पहुँच, व्यक्तिगत विवरण, जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग, सामाजिक आर्थिक विषय, जन्म, मृत्यु, बसाइँसराइलगायतका विवरण आउनेछ ।

घरघरमा पुगेर गणकले सोधेका प्रश्नबाट व्यक्तिगत विवरण आउने र सो व्यक्तिगत विवरणलाई आधार मानेर सुपरिवेक्षकले स्थानीय तहका वडाध्यक्षसँग क्रस चेकिङ गर्नका लागि वडा तहमा सामुदायिक प्रश्न सोधिन लागेको रेग्मीले बताउनुभयो ।
यस वर्षको जनगणनाका लागि सरकारले ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नारा तय गरेको छ । सामाजिक, आर्थिक, भौगोलिक, भौतिक पूर्वाधार र अन्य पक्ष समेटिने गरी हुन लागेको जनगणनाका लागि केन्द्रदेखि वडास्तरसम्मका संरचना तयार गरिएको छ ।
यस वर्षको जनगणनाबाट वडाभित्रको जातजाति, धर्म, सेवाप्रवाह, राज्यले प्रदान गर्ने सुविधामा नागरिकको पहँुचलगायतका स्पष्ट रूपमा तथ्याङ्क आउने गरी प्रश्नावली तयार गरिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताउनुभयो । उहाँका अनुसार जनगणनाबाट सामाजिक, आर्थिक पूर्वाधार सेवा, सुविधा, विपत् जोखिमको अवस्था, एक वर्षभित्रमा भएका प्राकृतिक वा विपत्को क्षतिको विवरण, वन्यजन्तु र जङ्गली जनावरबाट भएको क्षति, स्थानीय स्तरमा भएका जातजाति वा सीमान्तकृत नागरिकको बसोबास अवस्थाको तथ्याङ्क आउने छ ।

जनगणनाका क्रममा एक जना गणकले करिब १५० घरसम्म पुग्नुपर्ने गरी कार्यतालिका निर्माण गरिएको छ । लामिछानेले जनगणनाका लागि घरघरमा पुग्ने गणकलाई सत्यतथ्य विवरण प्रदान गरेर सहयोग गर्न सबैमा आग्रह गर्नुभयो ।
नेपालमा हरेक १०/१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ । मुलुकमा पहिलो जनगणना वि.सं. १९६८ मा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल