फ्रान्सको क्लब लियोन र जर्मनीको इन्ट्राक्ट फ्रांकफर्ट यूईएफए युरोपा लिगको नकआउट चरणमा स्थान पक्का गर्ने पहिलो टोली बनेका छन् ।

दोस्रो हाफमा गरेको तीन गोल मद्दतमा लियोनले गएराति चेक गणतन्त्रको क्लब स्पार्टा प्रागुएलाई ३–० ले हरायो । लियोनको जितमा इस्लाम स्लिमानीले दुई गोल गरे भने कार्ल टोको इकाम्बीले एक गोल गरे । जितपछि समूह ‘ए’ मा १२ अंक जोडेको लियोनले युरोपा लिगको नकआउट चरणमा स्थान बनाएको हो ।
जर्मनीको फ्रांकफर्टले ग्रीसको आलम्पिकोसलाई २–१ हराएको हो । घरेलु टोली ओलम्पिकोसले १२औं मिनेटमा अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा २–१ को नतिजा सुम्पिनु परेको थियो । फ्रांकफर्टका दाइची कामादाले १७औं मिनेटमा बराबरी गोल फर्काएका थिए । इन्जुरी समयमा जेन्स पिटर ह्युजले गरेको गोल फ्रांकफर्टको जितमा निर्णायक बन्यो ।
जितसँगै चार खेलबाट १० अंक जोडेको फ्रांकफर्टले समूह ‘डी’बाट नकआउट चरणमा स्थान बनाएको हो । पराजित ओलम्पिकोस ६ अंकका साथ दोस्रो स्थानमा छ । सो समूहमा टर्कीको फेनरबाच पाँच अंकका साथ तेस्रो स्थानमा छ भने रोयल एन्टवार्प एक अंकका साथ चौथो स्थानमा छ ।
समूह ‘बी’ मा स्पेनको रियाल सोसिडाडले अष्ट्रियाको स्टर्म ग्राजसँग १–१ को बराबरी खेल्यो । बराबरीपछि रियाल सोसिडाडले शीर्ष स्थानमा उक्लने मौका गुमायो । सोसिडाड ६ अंकका साथ दोस्रो स्थानमा छ । समूह ‘बी’ मा फ्रान्सको मोनाको ८ अंकका साथ शीर्ष स्थानमा छ । मोनाकोले गएराति नेदरल्यान्ड्सको पीएसभी आइन्डहोभेनसँग गोलरहित बराबरी खेलेको थियो । आइन्डहोभेन ५ अंकका साथ तेस्रो स्थानमा छ । स्टर्म ग्राज एक अंकका साथ पुछारमा छ ।
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल