November 5, 2021

लियोन र फ्रांकफर्ट युरोपा लिगको नकआउट चरणमा

फ्रान्सको क्लब लियोन र जर्मनीको इन्ट्राक्ट फ्रांकफर्ट यूईएफए युरोपा लिगको नकआउट चरणमा स्थान पक्का गर्ने पहिलो टोली बनेका छन् । 

दोस्रो हाफमा गरेको तीन गोल मद्दतमा लियोनले गएराति चेक गणतन्त्रको क्लब स्पार्टा प्रागुएलाई ३–० ले हरायो । लियोनको जितमा इस्लाम स्लिमानीले दुई गोल गरे भने कार्ल टोको इकाम्बीले एक गोल गरे । जितपछि समूह ‘ए’ मा १२ अंक जोडेको लियोनले युरोपा लिगको नकआउट चरणमा स्थान बनाएको हो । 

पराजित स्पार्टा प्रागुए चार अंक जोडेर दोस्रो स्थानमा छ । समान चार अंकको रेनजर्स तेस्रो स्थानमा छ । ब्रोन्डबाई आईएफ दुई अंकका साथ समूहको पुछारमा छ । स्कटल्यान्डका रेनजर्स र डेनमार्कको ब्रोन्डबाई आईएफले १–१ को बराबरी खेले । 

जर्मनीको फ्रांकफर्टले ग्रीसको आलम्पिकोसलाई २–१ हराएको हो । घरेलु टोली ओलम्पिकोसले १२औं मिनेटमा अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा २–१ को नतिजा सुम्पिनु परेको थियो । फ्रांकफर्टका दाइची कामादाले १७औं मिनेटमा बराबरी गोल फर्काएका थिए । इन्जुरी समयमा जेन्स पिटर ह्युजले गरेको गोल  फ्रांकफर्टको जितमा निर्णायक बन्यो । 

जितसँगै चार खेलबाट १० अंक जोडेको फ्रांकफर्टले समूह ‘डी’बाट नकआउट चरणमा स्थान बनाएको हो । पराजित ओलम्पिकोस ६ अंकका साथ दोस्रो स्थानमा छ । सो समूहमा टर्कीको फेनरबाच पाँच अंकका साथ तेस्रो स्थानमा छ भने रोयल एन्टवार्प एक अंकका साथ चौथो स्थानमा छ । 

समूह ‘बी’ मा स्पेनको रियाल सोसिडाडले अष्ट्रियाको स्टर्म ग्राजसँग १–१ को बराबरी खेल्यो । बराबरीपछि रियाल सोसिडाडले शीर्ष स्थानमा उक्लने मौका गुमायो । सोसिडाड ६ अंकका साथ दोस्रो स्थानमा छ । समूह ‘बी’ मा फ्रान्सको मोनाको ८ अंकका साथ शीर्ष स्थानमा छ । मोनाकोले गएराति नेदरल्यान्ड्सको पीएसभी आइन्डहोभेनसँग गोलरहित बराबरी खेलेको थियो । आइन्डहोभेन ५ अंकका साथ तेस्रो स्थानमा छ । स्टर्म ग्राज एक अंकका साथ पुछारमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि