November 5, 2021

टोटनहमको जित, रोमा बराबरीमा रोकियो

एन्टोनियो कोन्टेको प्रशिक्षणमा पहिलो पटक खेलेको टोटनहमले गएराति युरोपा कन्फोरेन्स लिगमा भिटेसमाथि ३–२ को विजय हासिल गरेको छ । पहिलो हाफमा पाँच गोल भएको थियो भने तीन वटा रातो कार्डको देखाइएको थियो । 

इङ्लिस प्रिमियर लिगको क्लब टोटनहमले १५औं मिनेटमा ह्युङ–मिन सनको गोलबाट अग्रता लिएको थियो । २२औं मिनेटमा लुकास मोउराले अग्रता दोब्बर बनाए । भिटेसका जाकोब रासमुसेनले २८औं मिनेटमा गरेको अत्मघाती गोलमा टोटनहमले अग्रता बढाएको थियो ।

रासमुसेनले ३२औं मिनेटमा गरेको गोलबाट भिटेसले पुनरागमनको प्रयास गर्यो । माटुस बेरोले ३९औं मिनेटमा अर्को गोल थपेपछि भिटेसले अंक लिने सम्भावना बढेको थियो । त्यसमाथि ५९औं मिनेटमा टोटनहमका क्रिष्टेन रोमेरोको दोस्रो पहेंलो कार्डको सामना गरेपछि घरेलु टोली दश खेलाडीमा सीमित बनेको थियो । 

तर, त्यसको फाइदा भिटेसले लिन सकेन । ८१औं मिनेटमा ड्याल्हो डोइखीले दोस्रो पहेंलो कार्डको सामना गरेपछि भिटेस पनि दश खेलाडीमा सीमित बन्यो । त्यसको चार मिनेट वित्न नपाउँदै मार्कुस सुबर्टले सिधै रातो कार्डको सामना गरेपछि भिटेस ९ खेलाडीमा सीमित भयो । 

‘‘आज निकै तनावपूर्ण खेल भयो । तर मलाई यस्तो खेल मन पर्दैन,’’ टोटनहमका प्रशिक्षक कोन्टेले भने, ‘‘हामी तीन शून्यले अगाडि थियौं । तर दुई गोल खान पुग्यौं । रातो कार्डको सामना गरेपछि हामी उल्टै दबाबमा पर्यौं । खेल जस्तो भए पनि हाम्रो लागि जित महत्त्वपूर्ण थियो । यसले खेलाडीको मनोबल बढ्नेछ ।’’

जितपछि सात अंक जोडेको टोटनहम दोस्रो स्थानमा छ । ६ अंक जोडेको भिटेस तेस्रो स्थानमा छ । टोटनहम सम्मिलित समूह ‘जी’ रेनेस दश अंकका साथ शीर्ष स्थानमा छ । गएराति नै सम्पन्न खेलमा रेनेसले मुरालाई १–० ले हराएको थियो । 

टोटनहमका पूर्व प्रशिक्षक जोजे माउरिन्होले सम्हालेको क्लब एएस रोमा गएराति बोडो÷ग्लीम्टसँग २–२ को बराबरीमा रोकियो । बराबरीपछि रोमाले समूह ‘सी’ को शीर्ष स्थानमा उक्लने मौका गुमायो । बोडो÷ग्लीम्ट आठ अंकका साथ शीर्ष स्थानमा रहँदा रोमा सात अंकका साथ दोस्रो स्थानमा छ । ६ अंक जोडेको जोर्याले तेस्रो स्थानमा छ । पीएफसी सिएसकेए–सोफिया एक अंकका साथ पुछारमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल