भान्साका लागि अत्यावश्यक वस्तु प्याजको मूल्य चाडपर्व नजिकिएसँगै सधैं महँगिने गर्छ । यस वर्ष फेरि चाडपर्वको समयमा प्याजको मूल्य उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार यतिबेला प्याजको मूल्य १ महीनाको अवधिमा प्रतिकिलो १२ रुपैयाँले बढेर थोक बजारमै प्रतिकिलो ६० रुपैयाँ पुगेको छ । यसअघि भदौ १७ गते प्याजको थोक मूल्य प्रतिकिलो ४८ रुपैयाँ रहेको थियो । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

हरेक वर्ष चाडपर्व नजिकिएसँगै प्याजको मूल्य महँगिएको देखिन्छ । २०७६ भदौ १३ गते थोक मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको प्याजको मूल्य दशैंतिहार शुरू भएसँगै ३८ रुपैयाँले बढेर सोही वर्ष असोज ९ गते प्रतिकिलो १ सय रुपैयाँ पुगेको थियो । २०७७ भदौमा भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि आकाशिएको प्याजको भाउ दशैंतिहार नसकिएसम्म ओरालो लागेन । तिहार सकिएसँगै प्याजको मूल्य पनि विस्तारै आरोला लाग्दै गयो । यस वर्ष गत वैशाखदेखि विस्तारै उकालो लागेको प्याजको मूल्य यस वर्षकै सबैभन्दा महँगो भएको छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि