ढाकाटोपी पारखीको चहलपहल

काठमाडौँ, कात्तिक १६ गते । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदा ढाकाटोपी किन्नेको चहलपहल बढ्दै गएको छ । तिहारमा ढाकाटोपी लगाइदिँदा माइतीको मानप्रतिष्ठा बढ्छ भन्ने मान्यताले हरेक चेलीले आफ्ना दाजुभाइलाई उपहारका रूपमा स्नेहपूर्वक ढाकाटोपी दिने प्रचलन छ । यसले गर्दा ढाकाटोपी खरिद गर्नेहरू बढेको व्यापारीहरू बताउँछन् ।
विगत २५ वर्षदेखि ढाकाटोपीको व्यापार गर्दै आएका लक्ष्मी श्रेष्ठले तिहारमा दाजुभाइको शिरमा ढाकाटोपी आवश्यक पर्ने भएकाले सबैको रोजाइमा परेको जानकारी दिनुभयो । गलामा सयपत्री र मखमलीको माला, निधारमा सप्तरङ्गी टीका र शिरमा ढाकाटोपीले हरेक दाजुभाइ भाइटीकाका दिन सजिने गर्छन् । तिहारमा ढाका टोपी लगाउँदा माइतीको मानप्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाइलाई ढाकाटोपी उपहार दिने प्रचलन छ । उहाँका अनुसार भाइटीकाका दिन माइतीको टाउको खाली राख्नु हुँदैन भन्ने मान्यता छ । ढाकाटोपी नेपाली समाजको पहिचान हो । यसलाई हाम्रो आस्थाको प्रतीकसमेत मानिन्छ ।
अर्का व्यापारी सुरेश नगरकोटीले तिहारलाई लक्षित गरेर ढाकाटोपी बिक्री गरिरहनुभएको छ । तिहारमा धेरै माग हुने भएकाले यस पर्वलाई लक्षित गरेर उहाँ सामान मगाउनुहुन्छ । नगरकोटीले ढाकाटोपी १५० देखि पाँच हजार रुपियाँसम्मको रहेको जानकारी दिँदै पाँच सयदेखि दुई हजार रुपियाँका टोपी बढी बिक्री हुने बताउनुभयो । विवाहका लागि अर्डरबमोजिम बनाइने टोपीको मूल्य धेरै हुने उहाँले बताउनुभयो ।
भाषाविद् गणेशराम लाछीले भन्नुभयो, “ढाकाटोपी नेपालीको आफ्नै चिनारी र गौरव हो । ढाकाटोपी केवल शिर ढाक्ने वस्त्रका रूपमा मात्र नभएर नेपालीको पहिचान हो । आस्थाको प्रतीक पनि हो ।” उहाँका अनुसार भाइटीकामा दिदीबहिनीले दाजुभाइको शिरमा ढाकाटोपी लगाइदिने चलन अझै विद्यमान छ । यसको खास अर्थ छ । टोपीजस्तै दाजुभाइको शिर उच्च रहोस् भन्ने प्रतीकात्मक सन्देशसहित ढाकाटोपी उपहार दिइन्छ ।
ढाकाटोपीलाई नेपालीको कला, धर्म, संस्कृतिसित समेत जोडिएको छ । धार्मिक कार्यका दौरान निधार तथा शिर खाली राख्नु हुँदैन भन्ने मान्यताअनुसार नेपाली समाजमा हरेक शुभ कार्यपश्चात् ढाकाटोपी लगाउने गरिन्छ । त्यसैमा आधारित रहेर भाइटीकाको दिन हरेक दिदीबहिनीले दाजुभाइलाई ढाकाटोपी लगाइदिने चलन छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक