बाढी–पहिरो पीडितलाई आर्थिक सहयोग, मृतकको परिवारलाई २ देखि ४ लाख

कत्तिक ०४, काठमाडौँ । सरकारले अविरल बर्षाका कारण आएको बाढी–पहिरोबाट मृत्यु भएका परिवारलाई तत्काल आर्थिक सहयोग दिने घोषणा गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले बाढी–पहिरोका कारण मृत्यु भएकाका परिवारलाई २ देखि ४ लाखसम्म आर्थिक सहयोग दिने निर्णय गरेको हो ।

बैठकले एकै घरमा एक जनाको मृत्यु भएको भएमा २ लाख, २ जनाको भए ३ लाख र ३ जनाको मृत्यु भएको भएमा ४ लाख दिने निर्णय गरेको छ । बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई राहत उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । बैठकले बाढी–पहिरोमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद् बैठकले राहत र उद्धारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय गर्दैै राज्यका सबै संयन्त्र परिचालन गर्न समेत निर्देशन दिएको छ ।

त्यसै गरी, सरकारले बाढी–पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाख रुपियाँसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख रुपियाँ उपलब्ध गराउने निर्णय भएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । सरकारले घर निर्माणका लाथि जग्गाको अभाव हुनेका लागि थप ३ लाख पनि उपलब्ध गराउने भएको छ ।

घर भत्केकालाई तत्काल ५० हजार दिने निर्णय

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले अविरल बर्षासँग आएको बाढी–पहिरोमा परी घर भत्किएका परिवारलाई तत्काल ५० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले तत्काल बासको व्यवस्थापन गर्नका लागि सरकारले घर भत्किएका र बगाएका परिवारलाई ५० हजारको दरले राहत दिने निर्णय गरेको जानकारी दिनुभयोे । हालसम्म विभिन्न जिल्लामा झन्डै २० भन्दा बढी घर भत्केको तथ्यांक प्राप्त भएको जानकारी दिँदै उहाँले उद्धार र राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने निर्णय भएको पनि बताए ।

बाढी–पहिरोबाट कृषि बालीलगायतका क्षतिका सन्दर्भमा आवश्यक अध्ययन गरेर त्यसका आधारमा क्षतिपूर्ति दिने निर्णय भएको बताउँदै उनले त्यसका लागि कृषि मन्त्रालयको संयोजकत्वमा देशभर भएका क्षतिको लगत संकलन गरिने भएको छ ।

प्रधानमन्त्री पनि बाढी–पहिरो प्रभावित क्षेत्रको अवलोकनमा जाने तय भएको बताउँदै पोखरेलले प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार देशभर बाढी–पहिरोबाट ५० जनाको मृत्यु भएको छ भने ३९ जना बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि