कांग्रेसले ७, माओवादी, नेकपा (एस) र जसपाले ६/६ वटा मन्त्रालय पाउने

काठमाडौं, असाेज २०ः सरकार गठन भएको साढे दुई महिनापछि बल्ल मन्त्रिपरिषद् विस्तार हुने भएको छ । बुधबार बसेको सत्ता गठबन्धनको शीर्ष नेताको बैठकले मन्त्रालय भागवण्डामा मोटामोटी सहमति जुटाएपछि मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।

सत्ता गठबन्धनमा मन्त्रीमण्डल विस्तार गर्न मन्त्रालयको विवषयमा दलहरूबीच सहमति भएको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको सहमतिअनुसार कांग्रेसले सञ्चार तथा प्रविधि, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिने भएको छ । कांग्रेसले यसअघि गृह, परराष्ट्र, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय आफ्नो भागमा पारिसकेको छ भने स्वास्थ्य राज्यमन्त्री पनि कांग्रेसकै कोटाबाट बनाइएको हो ।

त्यसै गरी, नेकपा माओवादी केन्द्रले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपक्षी मन्त्रालय लिने माटोमोटी सहमति भएको छ । माओवादीले यसअघि अर्थ र ऊर्जा मन्त्रालय आफ्नो भागमा पारिसकेको छ ।

नेकपा (एकीकृत समाजवादी) ले रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, शहरी विकास, युवा तथा खेलकुद मन्त्रालय लिने समझदारी बनेको स्रोतको दाबी छ ।

चार दलबीच महत्वपूर्ण मन्त्रालयमा आ–आफ्नो दाबी रहेको छ । बाँकी रहेको मन्त्रालयमध्ये कांग्रेस सञ्चार, एकीकृत समाजवादीले शहरी विकास र जसपाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिने भएको छ ।

जसपाले भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको बताइएको छ ।

मन्त्रालय भागवण्डा मिलेसँगै सत्ता गठबन्धनमा आबद्ध चारवटै दल मन्त्री छान्ने गृहकार्यमा जुटेका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई सरकारमा सहभागी हुने मन्त्रीको नाम दिन आग्रह गरेको बताइएको छ । माओवादी केन्द्रबाट मन्त्री बन्नेहरूको करिब टुंगो लागेको बताइएको छ ।

त्यसै गरी, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि पार्टीभित्र मन्त्री छान्न गृहकार्य शुरु गरिसकेको नेता मेटमणि चौधरीले जानकारी दिए । जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि पार्टीले पाउने मन्त्रालयमा मन्त्री पठाउने विषयमा शीर्ष नेताहरूसँग आन्तरिक परामर्श शुरु गरेका छन् । चार दलले मन्त्री छनोट गरिसकेपछि सत्ता गठबन्धनको बैठकले मन्त्रीको नामको अन्तिम टुंगो लगाउने बताइएको छ । अन्तिम समयमा आएका केही मन्त्रालय हेरफेर पनि हुन सक्ने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि