सेयर बजारमा उच्च गिरावट

काठमाडौं, असोज १२: वित्तीय प्रणालीमा तरलता अभाव बढेसँगै सेयर बजारमा पनि उच्च गिरावट आउन थालेको छ । केही समययता निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक चार महिनापछि २७ सय अंकभन्दा तल झरेको छ ।

गत चैतमा पहिलो पटक नेप्से सूचक २७ सय अंकमा पुगेको थियो । त्यसपछि क्रमशः बढ्दै साउन अन्तिममा ३२ सय नजिकसम्म पुगेर रेकर्ड कायम गरेको थियो ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर खरिदमा कडाइ गर्नुका साथै मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा समेत सिमा निर्धारण गरेको छ । यसैगरी पछिल्लो समयमा बैंकिङ क्षेत्रमा तरलताको अभाव भई व्याजदर समेत वृद्धि हुन थालेपछि सेयर बजार प्रभावित भएको छ । कोभिड महामारी र लकडाउन लगायतका कारण अन्य क्षेत्रबाट सेयर बजारमा आएको लगानी पनि फिर्ता हुन थालेको अनुमान गरिएको छ । कोभिड महामारीका कारण लगानीका क्षेत्रहरु प्रभावित हुँदा अन्य क्षेत्रबाट समेत लगानी सेयर बजारमा आएको थियो ।

सरकारले समयमै बजेट ल्याउन नसक्नुका साथै विदेशबाट भित्रने रेमिट्यान्स समेत गिरावट आउँदा बैंकहरुमा तरलता अभाव भएको छ । यसैगरी मौद्रिक नीतिले बैंकहरुमा सिसिडि अनुपातको व्यवस्था खारेज गर्दै सिडी अनुपातको व्यवस्था लागू गर्दा पनि तरलताको रकम अभाव भएको छ ।

तरलता अभावका कारण बैंकहरुले निक्षेपको व्याजदर दोहोरो अंकमा पु¥याएका छन् भने अन्तर बैंक सापटीदर समेत ५ प्रतिशत हाराहारीमा कायम भइसकेको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर