जबज अब ‘नेपाली मार्क्सवाद’

काठमाडौं,असोज ९, काठमाडौं स् नेकपा एमालेले जनता बहुदलीय जनवाद (जबज) लाई  नेपाली मार्क्सवादको संज्ञा दिएको छ। उपमहासचिव विष्णुप्रसाद पौडेलद्वारा केन्द्रीय कमिटीमा प्रस्तुत गरिएको विधान संशोधन प्रस्तावनामा नै जबजको विशिष्ट परिस्थितिमा मार्क्सवादको सिर्जनात्मक प्रयोगका क्रम विकसित सिद्धान्त भएको उल्लेख गरिएको छ । यसले जबजलाई मार्गदर्शक सिद्धान्त मान्ने पुरानै नीतिलाई निरन्तरता दिएको प्रष्ट गर्छ।

समकालीन नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय र अन्य समस्याको पहिचान गर्न र तिनको समाधान गर्न जननेता मदन भण्डारीको अगुवाइमा नेपाली मार्क्सवादको रूपमा ‘जनताको बहुदलीय जनवाद’ विकसित भएको हो, विधानको प्रस्तावनामा भनिएको छ। 

जबज नवीनतम वैज्ञानिक सिद्धान्तले नेपालीको सम्पूर्ण काममा समाजवाद स्थापना र कार्यान्वयनको चरणसम्म पनि मार्गदर्शन गरिरहने विधानमा उल्लेख छ। संविधानको सर्वोच्चता, विधिको शासन, बहुलवादी खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जनताका प्रतिनिधिद्वारा शासन प्रणालीको सञ्चालनलाई विधानले समेटेको छ। 

विधानमा जनआधारित कार्यकर्ताको पार्टी भएको उल्लेख गर्दै पार्टीको स्वतन्त्रता र अनुशासनबीच सन्तुलन कार्य गर्न जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त अपनाएको जनाइएको छ। सादा र नैतिक जीवन एवं कठोर संघर्षको आदर्शलाई अपनाउँदै सामूहिक भावनाका साथ अघि बढ्ने प्रतिबद्ध पनि विधानमा गरिएको छ।  यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद