एक वर्षको अवधिमा आलुको मूल्य ५४ प्रतिशतसम्म घटेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीमा उल्लेख भए अनुसार गतवर्षको यसै अवधिको तुलनामा अहिले आलुको मूल्यमा उक्त कमी आएको हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

यस वर्ष आन्तरिकका साथै बाह्य बजारबाट पनि पर्याप्त मात्रामा आपूर्ति भइरहेकाले गतवर्षको तुलनामा आलुको मूल्य घटेको बताइएको छ । समितिको तथ्यांक अनुसार गतवर्षको यस अवधिमा भारतीय रातो आलुको मूल्य प्रतिकिलो ५९ रुपैयाँ रहेको थियो । उक्त मूल्य यस वर्ष ५४ प्रतिशतले घटेर प्रतिकिलो २७ रुपैयाँमा सीमित भएको छ । नेपाली रातो आलुको मूल्य अघिल्लो वर्षको यस अवधिमा प्रतिकिलो ९४ रुपैयाँ रहेकोमा यस वर्ष ३९ दशमलव ३६ प्रतिशतले घटेको छ । त्यसैगरी मुडेको आलुको मूल्य गतवर्ष प्रतिकिलो ८१ रुपैयाँ थियो भने हाल यो मूल्य ३९ दशमलव ५० प्रतिशतले घटेर ४९ रुपैयाँ रहेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले यस वर्ष आलुको आपूर्ति सहज भएको र भारतीय बजारमा समेत मूल्य घटेकाले नेपालमा पनि सस्तिएको बताए । गतवर्षको यस समयमा नेपालमा बन्दाबन्दीका कारण आपूर्ति प्रभावित हुँदा मूल्य बढेको थियो । उनका अनुसार अहिले कालीमाटी बजारमा भित्रिने कुल आलुमध्ये ७५ प्रतिशत भारतीय र २५ प्रतिशत आन्तिरिक उत्पादन रहेको छ । राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रको तथ्यांक अनुसार झापा, इलाम, काभ्रे, सोलुखुम्बु, मोरङ, सप्तरी, मकवानपुर, बारा, रूपन्देही, कैलाली लगायत जिल्लाको करीब २ लाख हेक्टर क्षेत्रफल जमीनमा आलुखेती गरिन्छ ।
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०