लोकसेवा आयोगले नयाँ पदपूर्ति र बढुवा प्रक्रिया अगाडि बढ्यो

काठमाडौँ, १ असोज । लोकसेवा आयोगले कोभिड–१९ को महामारीका कारण राष्ट्रसेवक कर्मचारीको नयाँ पदपूर्ति र  बढुवासम्बन्धी रोकिएका  कामलाई  धमाधम अगाडि  बढाउन थालेको छ । 

आयोगले  सरकारी  सेवालाई  थप  प्रभावकारी  बनाउन  नयाँ  पदको  सिर्जना  गरी  पदपूर्ति  गर्न  र कर्मचारीको  वृत्तिविकास  गर्न  हरेक  वर्ष खुला  तथा  आन्तरिक  प्रतिस्पर्धाबाट  पदपूर्ति  तथा  बढुवाका प्रक्रिया  गर्दै आएको छ । तर विगत दुई वर्षमा कोभिडको  महामारीले  गर्दा प्रकाशित भइसकेका पदका लागि परीक्षासमेत सञ्चालन हुन सकेका थिएनन् ।

त्यसले गर्दा नेपाल सरकारले माग गरेका पदको नयाँ पदपूर्ति पनि हुन सकिरहेको थिएन । कोभिडको  प्रभाव  कम  भएसँगै  विगतमा  स्थगित भएका विभिन्न तहका परीक्षा सञ्चालन भइसकेका छन् भने पदपूर्ति र बढुवाको अन्तिम प्रतिफल पनि प्रकाशित हुने क्रम पनि जारी रहेको छ । आयोगका प्रवक्ता तोयानारायण सुवेदीका अनुसार आर्थिक वर्ष  २०७६/७७ र २०७७/७८ गरी दुई वर्ष रोकिएका सबै पदका परीक्षा  सञ्चालन भइसकेका छन् ।

ती दुई वर्षका सहसचिव तथा उपसचिव  तहका  कार्यक्षमता  र  जेष्ठताको  बढुवाको  परीक्षाफल प्रकाशित भई पदस्थापन पनि भइसकेको छ भने खुला तथा आन्तरिक प्रतिस्पर्धाका पदमा लिखित परीक्षा सञ्चालन भई परीक्षाफल प्रकाशित गर्ने तयारी भइरहेको छ । प्रवक्ता सुवेदीले भने, “सहसचिव र उपसचिव पदको परीक्षाफल प्रकाशित गर्ने अन्तिम चरणमा पुगेको छ तर शाखा अधिकृतदेखि तल्ला पदका विषयमा अदालतमा मुद्दा परिरहेकोले त्यसको टुङ्गो लागेपछि मात्र बाँकी काम अगाडि बढाइने भएका छन् ।” 

कोभिडले  प्रभावित  पारेपछि  विगत  दुई  वर्षको  अवधिमा  गर्न  नसकिएका  नयाँ  पदपूर्ति  तथा  बढुवा  प्रक्रियाको  करिब  चार  हजार कर्मचारीको  छनोट गर्ने काम आयोगले पछिल्ला दिनमा सम्पन्न गरिसकेको छ ।  प्रवक्ता सुवेदीका अनुसार कोभिडको प्रभाव कम हुने बित्तिकै आयोगको कार्यालयमा स्वास्थ्यका मापदण्ड पूरा गरेर भए पनि परीक्षा सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद