महँगीको मारमा उपभोक्ता, सरकार मूकदर्शक

काठमाडौं, भदाै ३१ः अबको तीन सातापछि दसैं सुरु हुन्छ । दसैं अर्थात् अधिकांश नेपाली जनताको प्रमुख चाड । दसैंपछि लगत्तै सुरु हुन्छ तिहार, त्यसपछि छठ । तर, यी प्रमुख चाड नेपाली जनताका लागि सुखद् बन्ने स्थिति देखिँदैन । बढ्दो महँगीका कारण अधिकांश जनता सहज ढंगले यी चाड मनाउन सक्ने अवस्थामा छैनन् । एकातिर कोरोना महामारीका कारण उपभोक्तासँग पैसा छैन, त्यसमा पनि दिन प्रतिदिन बढ्दो महँगी ।

यो अवस्थामा महँगी नियन्त्रण गर्न सरकारले पहलकदमी लिनुपर्ने हो तर सरकार मूकदर्शक बन्दा जनता भने मारमा परिरहेका छन् ।

अब जाऊँ हालको बजार भाउतिर । अहिले बजारमा हरियो तरकारीको मूल्य प्रतिकिलो १ सय ५० रुपैयाँभन्दा बढी पुगेको छ । खाने तेलको मूल्य प्रतिलिटर २ सय ६५ देखि ३ सय ५० रुपैयाँसम्म पुगेको छ । गत वर्षको लकडाउन अघिसम्म सनफ्लावर तेल प्रतिलिटर १ सय ६५ रुपैयाँमा पाइन्थ्यो । तर, अहिले लिटरमै १ सय रुपैयाँभन्दा बढी तिर्नुपर्ने अवस्था छ । गत वर्षको दसैंताका चिनी प्रतिकिलो ८५ देखि ९० रुपैयाँसम्म पाइन्थ्यो । तर, अहिले ९५ देखि सय रुपैयाँसम्म पुगिसकेको छ ।

नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार ब्रजाचार्य अहिलेको बजार भाउ सामान्य रूपमा लिन सकिने कारण देख्दैनन् । ‘कुनै कारणबिना नै ठूला थोक व्यापारीहरूले मनपरी ढंगले मूल्यवृद्धि गरिरहेका छन्,’ उनको भनाइ छ ।

बज्रचार्यका अनुसार चिनी प्रतिकिलो १० देखि १५ रुपैयाँ वृद्धि भएर ९५ देखि १ रुपैयाँ पुगेको छ । खाने तेलको मूल्य लकडाउनयता मात्र प्रतिलिटर सय रुपैयाँ बढेको छ । सनफलावर तेल लकडाउनअघि १ सय ६५ रुपैयाँ पाइन्थ्यो भने अहिले २ सय ६५ रुपैयाँ पुगेको छ ।

पूर्वअध्यक्ष बज्राचार्यले भने, ‘खानेतेलको मूल्यमा सातामै प्रतिलिटर २५ रुपैयाँसम्म वृद्धि भएको छ । एक साताअघि २ सय ३० देखि २ सय ४० रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको खानेतेल २ सय ६५ देखि २ सय ७० रुपैयाँ पुगेको छ । सबैभन्दा बढी धारा तेल ३ सय ५० रुपैयाँसम्म पुगेको छ । कुनै कारणबिना नै ठूला थोक व्यापारीहरूले मनपरी रूपमा मूल्यवृद्धि गरेका छन् । बाध्यताले साना खुद्रा व्यापारीले पनि बढाउनुपरेको छ ।’

अहिले बजारमा दैनिक उपभोग्य वस्तु हरियो तरकारी, चिनी, खाने तेल, दाल, चामल, गेडागुडीसमेत सबैको मूल्यवृद्धि भएको छ । मूल्यवृद्धि नियन्त्रण गर्ने काम सरकारको हो । तर, सरकारले नियनत्रणका लागि आवश्यक पहल नगर्दा कालोबजारीको मनोबल झन् बढ्दै गएको छ ।

बजार अनुगमन र कारबाहीको अधिकार पाएका सरकारी कर्मचारीलाई नै ठूला उद्योगी र व्यापारीले आफ्नो खल्तीमा राख्ने गरेको आरोप लाग्दै आएको छ । तर, यो आरोप चिर्नका लागि पनि उनीहरूले चित्त बुझ्दो पहल गरेको देखिँदैन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बेलाबेलामा बजार अनुमगन त गर्छ तर दोषी व्यापारीलाई केही नगर्दा पनि समस्या भएको हो ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन चाडपर्वका मुखमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक वृद्धि हुनुमा सरकार नै दोषी रहेको बताउँछन् । सरकारको नेतृत्वमा बसेका राजनीतिक दलहरू नै ठूला व्यापारीसँग मिलर उपभोक्ताको ढाड सेक्न अग्रसर हुने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र