जुम्लेली स्याउको बजारीकरण शुरु भयो

खलङ्गा, भदौ २८ गते । जुम्लाको चन्दननाथ नगरपालिका ८ का धर्मसिंह कठायत आफ्नो बारीको स्याउ लिएर कर्णाली प्रदेश सदरमुकाम सुर्खेत पुग्नुभएको छ । उहाँले सहकर्मी धर्म बोहोरासँगै ५० क्विन्टल स्याउ लिएर सुर्खेत गएको जानकारी दिनुभयो ।
जुम्ला तातोपानी गाउँपालिका–२, डाँगीवाडाका स्याउ किसान मुनबहादुर डाँगीले पनि यस वर्ष ३० क्विन्टल स्याउ बिक्री गरिसकेको जानकारी दिनुभयो ।
किसान कठायत र डाँगीजस्तै धेरै किसानको जुम्लाको भूगोलमा उत्पादित अर्गानिक स्याउ बजारमा जान थालेको छ । अहिले किसानलले स्याउ टिपेर बजारमा जाने क्रम धमाधम छ । स्याउ बजारमा गएपछि अहिले नेपाली बजारमा जुम्लाको स्याउले ओगटेको देखिन्छ ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार भदौको दोस्रो साताबाट टिप्न लागिएको स्याउ नेपाली बजारमा पुगेको छ । पश्चिम नेपालको सुर्खेत, नेपालगञ्ज, धनगढी, बुटवलका साथै काठमाडौँ, पोखरा र पूर्वी नेपालको विराटनगरसम्म पनि जुम्लाको स्याउ पुगेको व्यापारीले जनाएका छन् ।
किसान स्याउ टिप्न अन्तिम अवस्थामा रहेका र अहिले निर्यात तथा भण्डारणमा व्यस्त रहेको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । कृषि प्राविधिक अधिकृत खेमराज शाहीका अनुसार अहिले बजारमा परिपक्क जुम्लाको स्याउ गइरहेको छ । धेरैजसो स्याउ अहिले सुर्खेत र नेपालगञ्ज गएको व्यापारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना