तीन दिन भारी वर्षा : कहाँ–कहाँ बाढीको जोखिम ?

काठमाडौं, भदाै ११:  मनसुनी वायुको प्रभावले आगामी तीन दिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ।

नारायणी र यसका सहायक नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने पूर्वानुमान छ ।

मझौला नदीहरू सबैमा बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कमला, वाग्मती, तिनाउलगायतमा बहाव खतरा तह आसपास पुग्ने पूर्वानुमान छ ।

कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईमा बहाव सतर्कता तह आसपास पुग्न सक्ने जनाइएको छ ।

कोसी र यसका सहायक नदीहरूमा बहाव सामान्य बढ्ने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, भोजपुर, ताप्लेजुङ, संखुवासभा, धनकुटा, पर्सा, रौतहट, सर्लाही, बारा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, सिन्धुली, मकवानपुर, चितवन, नवलपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया, रोल्पा, रुकुम पूर्व, सुर्खेत, सल्यान, दैलेख, कालीकोट, जाजरकोट, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर, कैलाली, बझाङ, बाजुरा, डोटी, अछाम र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष