राजस्व संकलन लक्ष्यभन्दा ९ प्रतिशत बढी

काठमाडौं, भदाै ५ः सरकारले चालू आर्थिक वर्ष २०७८-७९ को पहिलो महिना साउनमा निकै उत्साहजनक रूपमा राजस्व संकलन गरेको छ । यो महिनामा लक्ष्य गरेको भन्दा ९ प्रतिशत बढी राजस्व संकलन भएको महालेखा नियन्त्रणको कार्यालयले जनाएको छ ।

चालू आर्थिक वर्षको पहिलो महिना साउनमै सरकारले १ खर्ब ९ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ राजस्व संकलन गरेको हो । यो कुल राजस्व संकलन लक्ष्यको ९ दशमलव शून्य ५ प्रतिशत हो ।

निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षमा कुल १२ खर्ब १४ अर्ब ९७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेका थिए । जसमा राजस्व शीर्षकअन्तर्गत एक वर्षमा ११ खर्ब ५१ अर्ब ८० करोड रुपैयाँ उठाउने लक्ष्य राखिएको छ ।

जसमा पनि कर राजस्व शीर्षकअन्तर्गत १० खर्ब ३८ अर्ब १९ करोड रुपैयाँ र गैरकर राजस्वतर्फ १ खर्ब १३ अर्ब ४० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको छ । यसैगरी, अनुदानमार्फत चालू आवमा ६३ अर्ब ३७ करोड ६२ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएको छ ।

महालेखा नियन्त्रणको कार्यालयका अनुसार ३ भदौ अर्थात् बिहीबारसम्म सरकारले राजस्व शीर्षकमा ९७ अर्ब १८ करोड रुपैयाँ उठाएको छ । जसमा कर राजस्व र गैरकर राजस्व शीर्षकमा क्रमशः ८० अर्ब १ करोड रुपैयाँ र १७ अर्ब १६ करोड रुपैयाँ उठेको छ ।

यसैगरी, अनुदान शीर्षकमा भने सरकारले बिहीबारसम्म राजस्व उठाएको छैन । अन्य शीर्षकमा भने १२ अर्ब ७४ करोड रुपैयाँ राजस्व उठाएको महालेखा नियन्त्रणको कार्यालयले जनाएको छ ।

यसअघिका वर्षमा मासिक राजस्व लक्ष्यसमेत नउठेको अवस्था थियो । चालू आवको बजेटमार्फत सरकारले प्रतिमहिना १ खर्ब १ अर्ब २४ करोड रुपैयाँ राजस्व उठाए हुने थियो । तर, चालू आवको पहिलो एक महिनामै सरकारले कुल १ खर्ब ९ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

अहिलेसम्मको राजस्व संकलनको दर एकदमै उत्साहजनक भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार हालसम्म देखिएको यो उत्साहजनक राजस्व संकलनको दरलाई आगामी महिनामा पनि निरन्तर कायम राख्न सकेको अवस्थामा चालू आवका लागि लिइएको कुल लक्ष्य प्राप्ति सहजे हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले