सरकारले पूर्णता पाउन अझै दुई साता लाग्ने

काठमाडौं, भदाै ४ः सरकारले पूर्णता पाउन अझै दुई साता लाग्ने भएको छ । सत्तारूढ गठबन्धनबीच माधवकुमार नेपाल नेतृत्वको दललाई दुई साता कुर्ने समझदारी भएकाले सरकारले पूर्णता पाउन दुई साता लाग्ने भएको हो ।

बिहीबार बिहानै बालुवाटारमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले (समाजवादी) पार्टीका संयोजक माधवकुमार नेपालबीच भएको छलफलमा सरकार विस्तारबारे अझै दुई साता कुर्ने समझदारी बनेको हो ।

निर्वाचन आयोगले एमाले (समाजवादी) को आधिकारिकताबारे छिनोफानो नगरी मन्त्रिपरिषद्लाई पूर्णता दिँदा पछि समस्या हुन सक्ने भएकाले यस्तो समझदारी गरिएको बताइएको छ ।

बिहीबार नै काठमाडौंमा भएको एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेता नेपालको नयाँ पार्टीले आधिकारिकता पाएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने खुलासा गरेका छन् । मन्त्रिपरिषद् विस्तार गर्न ढिला गर्न नहुने विषयमा समझदारी बनेको जानकारी दिँदै उनले भने– ‘दर्ता भएको पार्टीको सनाखत हुनेबित्तिकै एकै दिनमा मन्त्रिपरिषद्को टुंगो लाग्छ ।’ नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक