सरकारले पूर्णता पाउन अझै दुई साता लाग्ने

काठमाडौं, भदाै ४ः सरकारले पूर्णता पाउन अझै दुई साता लाग्ने भएको छ । सत्तारूढ गठबन्धनबीच माधवकुमार नेपाल नेतृत्वको दललाई दुई साता कुर्ने समझदारी भएकाले सरकारले पूर्णता पाउन दुई साता लाग्ने भएको हो ।

बिहीबार बिहानै बालुवाटारमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले (समाजवादी) पार्टीका संयोजक माधवकुमार नेपालबीच भएको छलफलमा सरकार विस्तारबारे अझै दुई साता कुर्ने समझदारी बनेको हो ।

निर्वाचन आयोगले एमाले (समाजवादी) को आधिकारिकताबारे छिनोफानो नगरी मन्त्रिपरिषद्लाई पूर्णता दिँदा पछि समस्या हुन सक्ने भएकाले यस्तो समझदारी गरिएको बताइएको छ ।

बिहीबार नै काठमाडौंमा भएको एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेता नेपालको नयाँ पार्टीले आधिकारिकता पाएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने खुलासा गरेका छन् । मन्त्रिपरिषद् विस्तार गर्न ढिला गर्न नहुने विषयमा समझदारी बनेको जानकारी दिँदै उनले भने– ‘दर्ता भएको पार्टीको सनाखत हुनेबित्तिकै एकै दिनमा मन्त्रिपरिषद्को टुंगो लाग्छ ।’ नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित