एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रूपमा अघि बढेको निष्कर्षसहित नेपाल पक्ष अब नयाँ दल गठन गर्ने निष्कर्षमा पुगेको छ । विधान संशोधन, सदस्यता नवीकरण, संगठन निर्माणसहित महाधिवेशनको तयारीमा ओली पक्ष एकलौटी रूपमा अघि बढेको नेपाल पक्षको विश्लेषण छ ।
नेपाल निकटका नेता जगन्नाथ खतिवडाले ओली पक्ष एकलौटी रूपमा अघि बढेपछि आफूहरूसँग नयाँ दल गठनको विकल्प नभएको बताए । आफूहरूको पहिलो प्राथमिकता पार्टी एकता नै रहेको स्पष्ट पार्दै उनले ओली पक्षले एकताका लागि ढोका नै बन्द गरेको आरोप लगाए । नेपाल पक्षका अधिकांश सांसद नयाँ पार्टी गठन गरी सरकारमा जानुपर्ने अडानमा छन् । ओली पक्षले भने नेपाल पक्षका अधिकांश सांसदलाई पार्टीको भन्दा सत्ताको बढी मोह भएको आरोप लगाएको छ ।
ओली पक्षबाट पार्टी कब्जा गरेर मनोमानी रूपमा विधान संशोधन गर्दै सबै अधिकार अध्यक्षमा केन्द्रित गर्ने प्रयास भएको उनले बताए । तर, पनि आफूहरू अन्तिम अवस्थासम्म पार्टी एकताकै पक्षमा रहेको र पहल जारी राख्ने उनले बताए । अन्तिम अवस्थामा पार्टी एकताबद्ध नभएको अवस्थामा छुटै दल गठन गरेर अघि बढ्नुको अर्को विकल्प नभएको खतिवडाले बताए । ओली पक्षका नेताहरूले भने नेपाल पक्ष पार्टी एकतामा कहिल्यै पनि गम्भीर नरहेको र नयाँ पार्टी खोल्ने बहाना खोजिरहेको बताएका छन् । यो समाचार राजधानी दैनिकमा छ ।
नेता नेपालले नयाँ दल गठन गर्नुभन्दा अघि नेताहरूसँग छुटाछुटै रूपमा छलफल गरिरहेको जनाइएको छ । वरिष्ठ नेता नेपालले आफूनिकट नेतासँग छुट्टाछुट्टै छलफल गर्दै ओलीको कार्यशैली नसुधे्रकाले नयाँ दल गठन गरेर अघि बढनुपर्ने विषयमा छलफल गरिरहेको स्रोतको भनाइ छ । यो समाचारराजधानी दैनिकमा छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद