राष्ट्रिय जनगणना–२०७८ यसै वर्ष सम्पन्न गर्ने तयारी

स्वस्तिका पन्त

काठमाडौँ, साउन ३० गते । सरकारले २०७८ सालभित्रै राष्ट्रिय जनगणना सम्पन्न गर्ने गरी आन्तरिक तयारी थालेको छ । यसअघि गत जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशभर एकै पटक राष्ट्रिय जनगणना सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि गत वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका लागि जनगणनाको सबै काम स्थगित गरेको थियो ।
अहिले पनि कोरोना सङ्क्रमण दर बढ्दै गएकाले यस वर्ष फागुनदेखि चैतभित्र जनगणनाको काम सम्पन्न गर्न सकिने अनौपचारिक छलफल भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । विभागका महानिर्देशक नवीनलाल श्रेष्ठले आगामी चैतसम्ममा सबै नेपालीले खोप लगाइसक्ने र सोही समयभित्र जनगणनाका काम पनि सम्पन्न गर्ने गरी अहिले अनौपचारिक छलफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गणकहरूले घर घरमा पुगेर तथ्याङ्क सङ्कलन गर्नुपर्ने भएकाले कोरोनाको वृद्धि दरमा कमी नआएसम्म जनगणनाको काम सम्पन्न गर्न कठिन हुन्छ । ”
यस वर्षभित्र जनगणना सम्पन्न गर्न नसके सरकारलाई वास्तविक तथ्याङ्कको अभावमा नीति र योजना बनाइ कार्यान्वयन गर्नमा समस्या हुनेछ । उहाँले यसले समग्र पक्षमा प्रभाव पार्ने भएकाले ढिलोमा यस वर्षभित्रै जनगणना गरिसक्नुपर्ने बताउनुभयो ।
सरकारले चालू आर्थिक वर्षको बजेटमा जनगणनाको बाँकी काम सम्पन्न गर्ने गरी एक अर्ब ६० करोड रुपियाँ बजेटमार्फत विनियोजन गरिसकेको छ । विभागले सम्भव भएसम्म यसअघि जनगणनाका काम जहाँबाट रोकिएको थियो सोही स्थानबाट बाँकी काम गर्ने जनाएको छ ।
यस वर्ष हुने जनगणनाका लागि ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नारा तय गरिएको छ । यसबीचमा विभागले ७७ जिल्ला तथा सातवटै प्रदेशमा कार्यालय सञ्चालनमा ल्याइसकिएको, जनगणनाका लागि आठ हजार जना सुपरिवेक्षक छनोट भइसकेका छन् । तिनै सुपरिवेक्षकबाट जनगणनाको काम गर्ने र उनीहरू नआए वैकल्पिक सूचिमा भएका सुपरिवेक्षकलाई छनोट गरेर जनगणनाको काम गर्ने विभागले जनाएको छ । त्यस्तै ३९ हजार जना गणक छनोट हुने प्रक्रियामा छन् ।
विभागले राष्ट्रिय प्रशिक्षक सहजकर्ता, प्रदेश तथा जिल्ला जनगणना अधिकारीको तालिम, प्रदेशस्तरीय मुख्य प्रशिक्षक, स्थानीय जनगणना अधिकारीको तालिम सञ्चालन गरिसकेको छ । देशैभर भइरहेको सुपरिवेक्षकको तालिम सञ्चालन भइरहेको समयमा कोरोनाको सङ्क्रमणका कारण वैशाख २० गतेदेखि जनगणनाका सबै काम तत्कालका लागि स्थगित गरिएको थियो । नेपालमा हरेक १० वर्षमा जनगणना हुँदै आएको छ । नेपालमा पहिलो पटक १९६८ सालमा जनगणना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद