सिंहदरबारका सबै निकायहरुमा सरकारी बैंकबाट कारोबार गर्न सभामुखले दिए आदेश

काठमाडौं, १८, साउन । सभामुख अग्नि सापकोटाले संसद भित्र वित्तिय अनुशासनको शुरुवात गरेका छन् । सापकोटाले संसदको सम्पूर्ण कारोबार नीजि बैंकबाट हुँदै आएकोमा अब सरकारी बैंकबाटै हुने भएको छ ।संसद सचिवालयका सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले विज्ञप्ति जारी गरेरै आगामी संसदको सम्पूर्ण कारोबार नीजि बैंकबाट हटाएर सरकारी बैंकमा पुर्याइएको हो । यसअघि संसद सचिवालय अगाडी नै भारतीय लगानीको एभरेष्ट बैंकको काउन्टर थियो । त्यति मात्रै होइन सांसदहरुले तलब भत्ता समेत भारतीय बैंकबाट लिँदै आएका थिए ।

तर, यस विषयमा निकै लामो समयदेखि आवाज उठ्दै आएपनि सुनुवाई भएको थिएन । तत्कालिन सभामुख सुभाष नेम्वाङले भारतीय बैंकलाई संसदमा भित्र्याएका थिए । तर, त्यसपछि सभामुख बनेकी ओनसरी घर्ति मगरले पनि निजि बैंकलाई हटाउने प्रयास गरेकी थिइन् ।

तर उनले समेत नसेकेको काम सभामुख अग्नि सापकोटाले गरेर देखाइदिएका छन् । ‘संसद र अन्य माध्यमहरुमा कुरा उठे पश्चात सम्माननीय सभामुखज्युको गम्भिर ध्यानाकर्षण भई यस सम्बन्धमा उहाँको निर्देशन मुताविक संघीय संसद सचिवालयले २०७७ मंसिर १८ गते सरकारी कारोबार गर्ने बैंक परिवर्तन गरि पूर्ण सरकारी स्वामित्व भएको बैंक, राष्ट्रिय बैंक मार्फत गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो,’ पाण्डेले विज्ञप्तिमा भनेका छन् ।

संसद सचिवालयको पत्रलाई अर्थ मन्त्रालयले आर्थिक वर्षको बीचमा खाता परिवर्तन गर्न नमिल्ने जवाफ दिएको थियो । सचिवालयले फेरी गत असार ३१ गते ताकेता गरेको थियो । सभामुख सापकोटाको पहलपछि अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंक तथा महालेखा नियन्त्रक कार्यालय मार्फत हालै सिंहदरबारस्थित सबै कार्यालयका सरकारी खाताहरु सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक मार्फत सञ्चालन गर्न निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार शाखाको स्तरनोन्नति र सेवाको लागि समेत निर्देशन दिएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

अर्थमन्त्री वाग्लेको दिल्ली अभिव्यक्तिले नेपालमा बढायो कूटनीतिक विवाद

कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर

साइबर जोखिमले सरकारी वेबसाइट बन्द

२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट

मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत

असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण

कार्यसमितिमा नभएकी व्यक्तिलाई कोषाध्यक्षको जिम्मेवारी, राखेपमा उजुरी

२६ असोज , काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको कार्यसमितिमा नरहेकी पवित्रा रेग्मीलाई बैंक