क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड लागू गर्न प्रमको निर्देशन

     कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कोभिडको तेस्रो लहर आउनसक्ने आंकलन गरिएको र यसको सफलतापूर्वक व्यवस्थापन गरेर नागरिकको सुरक्षा गर्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिनुभयो । उहाँले यो नियमित बैठक भएको र प्रधानमन्त्री देउवा आफैँ उपस्थित भएर कोरोना नियन्त्रणलाई उच्च प्राथमिकता दिनुभएको बताउनुभयो । उहाँले तत्काल लकडाउनमा जाने विषयमा कुनै तयारी नरहेको समेत स्पष्ट पार्नुभयो । उहाँले सरकारी कार्यालयबाट प्रदान गरिने सेवालाई सामाजिक दूरीसाथ व्यवस्थित गर्ने कार्य केही दिनपछि नै गरिने विश्वास व्यक्त गर्नुभयो ।
पुनः स्मार्ट लकडाउन प्रस्ताव
कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयले पुनः स्मार्ट लकडाउन गर्नुपर्ने प्रस्ताव अगाडि सारेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा मन्त्रालयले यस्तो प्रस्ताव अगाडि सारेको हो । सहसचिव तथा सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले कोरोना सङ्क्रमण बढ्दै गएको परिस्थितिमा पुनः ‘स्मार्ट लकडाउन’मा जानुपर्ने प्रस्ताव आए पनि त्यस सम्बन्धमा कुनै निर्णय नभएको जानकारी दिनुभयो । उहाँका अनुसार, मुलुकभर एकै खालको बन्दाबन्दी नगरी सङ्क्रमणका आधारमा क्षेत्र विभाजन गरी स्मार्ट बन्दाबन्दीमा जानुपर्ने सुझाव प्राप्त भएको छ । सोहीअनुसार जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले प्रभावित स्थानमा मात्र ‘स्मार्ट लकडाउन’ गर्न सक्ने भएका छन् । सो अवधारणाअनुसार एमसीसीको बैठकले टुङ्गो लगाइने प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

संविधान संशोधनदेखि ‘लगानी एक्सप्रेस’सम्म: सरकारको व्यापक सुधार एजेन्डा सार्वजनिक

काठमाडौँ, वैशाख २९ । सरकारले सबै वर्ग, क्षेत्र र समुदायको अपनत्व सुनिश्चित हुने गरी राजनीतिक

बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम संयुक्त बैठकमा प्रस्तुत हुने

काठमाडौँ, वैशाख २८ । सङ्घीय संसद्को बजेट (बर्खे) अधिवेशन आजदेखि सुरु हुँदै छ । सरकारको

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

ट्राफिक प्रहरीलाई जरिवानासम्म सीमित अधिकार, लाइसेन्स वा साँचो नियन्त्रण गैरकानुनी: सर्वोच्च

वैशाख १८, काठमाडौँ।  सर्वोच्च अदालत ले ट्राफिक नियम उल्लंघनका नाममा सवारी चालकको लाइसेन्स, ब्लुबुक वा