योसँगै अब नेपाल पक्षबिनाको सरकार गठन हुने भएको छ । यद्यपि, प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको नेपाल समूहलाई सरकारमा सहभागी गराउन गठबन्धनको कसरत जारी छ । प्रधानमन्त्री देउवाका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाल समूहलाई जसरी पनि सरकारमा सहभागी गराउन प्रयत्नरत छन् ।
एमाले स्थायी कमिटीका सदस्य एवं नेपालनिकटका नेता रघुजी पन्तले पार्टी एकताको प्रक्रियामा रहेकाले सरकारमा जान नसकिने स्पष्ट पारे । नेता नेपालले स्पष्ट रूपमा सरकारमा सहभागी नहुने बताइसकेको उनको भनाइ छ ।
‘हिजोको अवस्था बेग्लै थियो । संविधान र लोकतन्त्रको रक्षाका लागि हामी प्रतिनिधिसभा पुनस्र्थापना र सरकार निर्माणको अभियानमा थियौं, सरकारलाई विश्वासको मत पनि दियौं,’ पन्तले भने, ‘अब अवस्था हिजोकै जस्तो छैन । पार्टीलाई एकताबद्ध बनाउने गृहकार्य भइरहेकाले सरकारमा जान सकिँदैन ।’
३ साउनमा प्रधानमन्त्री देउवालाई नेता नेपालसहित एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए । नेपाल समूहका १४ र एमाले अध्यक्ष केपी शर्मा ओली समूहका आठ सांसदले देउवालाई विश्वासको मत दिएको थियो ।
देउवा र दाहालले विश्वासको मत दिएको र प्रतिनिधिसभा पुनस्र्थापनाका लागि सँगै आन्दोलनमा रहेकाले सरकार सञ्चालनमा समेत मिलेर अघि बढनुपर्ने भन्दै नेपाल पक्षलाई गठबन्धनबाट दबाब आइरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार देउवालाई भेटेर दाहालले सरकारमा सहभागी हुन आग्रह गरे पनि नेपालले अस्वीकार गरेको एमाले स्रोतले जनाएको छ ।
तर, प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका ओली समूहका सांसद भने सरकारमा सहभागिता जनाउन नेपाललाई दबाब दिइरहेको स्रोतको भनाइ छ । उनीहरूको चाहना सुनेपछि नेता नेपालले आफ्नै रिक्समा मन्त्री बन्न सुझाव दिएको स्रोतको दाबी छ ।
‘अहिले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा गृहकार्य भइरहेको छ । छलफल जारी नै रहेका बेला सरकारमा जानु उपयुक्त हँुदैन । यदि कसैलाई जानु छ भने गए हुन्छ,’ नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने ।
जनवर्गीय संगठन देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसद, स्थायी कमिटीका सदस्यलगायतसँग निरन्तर छलफल गरेका नेपालले सरकारमा सहभागी हुन नसकिने प्रस्ट सन्देश दिएका छन् ।
एमाले नेता विश्वनाथ प्याकुरेलले सरकारमा सहभागी हुन साथीहरूको सुझाव आए पनि नेता नेपालले त्यसलाई अस्वीकार गर्दै आएको बताए । केही साथीहरू जसरी पनि सरकारमा सहभागी हुनुपर्ने इच्छा व्यक्त गरिरहेको उनले बताए ।
काठमाडौँ, असोज ६ ।हिन्दूहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल
काठमाडौँ, असोज ६ ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्गठनसहित ४ बुँदे
काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका
काठमाडौँ, भदौ १८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन यही भदौ २० देखि
भदौ ८, २०८२ | काठमाडौं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन